लोकतान्त्रिक संविधानमा ध्यान केन्द्रितः सिंह

४ श्रावण २०७१, आईतवार १४:३८ मा प्रकाशित

काठमाडौं, ४ साउन । उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक सङ्क्रमणलाई जतिसक्दो चाँडो छोट्याउनु पर्ने बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा मन्त्री सिंहले मुलुकको संक्रमण अन्त्य गर्न लोकतान्त्रिक संविधान जारी गर्नुपर्ने बताए । उनले संविधान जारी गर्ने विषयमा सरकारको ध्यान केन्द्रित रहेको बताए ।
उनले राजनीतिक स्थायित्व कायम नभएसम्म विकास निर्माणमा बाधा पुग्ने उल्लेख गरे । ‘सङ्क्रमणकाल छोट्याएर लोकतान्त्रिक संविधान जारी गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ उनले भने ।
आगामी माघ ८ गतेभित्रै लिखित लोकतान्त्रिक संविधान जारी हुनेमा कुनै द्विविधा नरहेको बताउँदै मन्त्री सिंहले त्यसपछि विकास निर्माणको अथाह सम्भावनालाई समृद्धिमा परिणत गर्न आवश्यक रहेको बताए ।
शिक्षा क्षेत्रको विकास र विस्तारका लागि सरकारले धेरै लगानी गरिरहेको बताउँदै उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने काममा शिक्षक, विद्यार्थीलगायत समाजका सबै पक्षको आवश्यक ध्यान पुग्नु आवश्यक रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

रुकुम (पूर्व) का कृषक ओखर खेतीतर्फ आकर्षित भएका छन् । प्रशस्त मात्रामा हाडे ओखर पाइने यस जिल्लाका कृषक पछिल्लो समय

काठमाडौं । नेकपा नामको विवादमा फैसला मिति सरेको छ । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक