बन्दले देशभरीको जनजीवन आज पनि प्रभावित, विहानै देखि तोडफोड र आगजनी

९ जेष्ठ २०६९, मंगलवार ०९:१२ मा प्रकाशित

काठमाडौ, ९ जेठ । पहिचान सहितको संघीयताको मागगर्दै आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आह्वान गरेको बन्दको तेस्रो दिन पनि राजधानी काठमाडौं लगायत देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सडकमा बिहानैदेखि कुनै पनि सवारीका साधन चलेका छैनन् भने बन्दकर्ताहरु सडक र चौकहरुमा निस्किएका छन् । सङ्घर्ष समितिले बन्दकोक्रममा प्रेस, एम्बुलेन्स, शववाहन, लगायतका अत्यावश्यकीय सवारीका साधनलाई निर्वाध रुपमा सञ्चालन हुन दिन आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ । पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासन लगाएतको मागगर्दै सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले बन्दको आह्वान गरेका छन् ।
बन्दकर्ता र स्थानीय बासिन्दावीच झडपले हिजो दिनभरी तनावपूर्ण बनेको ललितपुरको ईमाडोलमा आज विहानै हजारौ स्थानीय बासिन्दाले सदभाव र्याली निकालेका छन् । हिजो बन्दकर्ताले पसलमा लुटपाट र चेलिबेटिको बेईज्जत गरेको भन्दै बन्द विरुद्ध स्थानीय बासिन्दाले प्रतिकार गरेका थिए । सो क्रममा दुई पक्षवीच पटक पटक झडप हुँदा त्यसक्षेत्रको बातावरण दिनभरी जसो तनावग्रस्त बनेको थियो ।
दाङमा थरुहट कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै देउखुरीमा सवारी साधनहरुमा ब्यापक आगजनी र तोडफोड गरेका छन् ।
बन्दकर्ताहरुले दुई वटा मोटरसाईकल र एक ट्रकमा आगजनी गरेका छन् । त्यस्तै उनीहरुले अन्य ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् । सो क्रममा एक जना घाईते भएका छन् ।
नेपालगन्जमा बन्दकर्ताहरुले पत्रकार दिपा आलेमाथि सख्त घाईते हुने गरी कुटपिट गरेका छन् । उनको सल्यक्रियापछि अवस्था खतारमुक्त भएको छ । बन्दकर्ताहरुले उनी सवार एक मोटरसाईकलमा समेत तोडफोड गरेका छन् ।
त्यसैगरी बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मकवानपुरको मनहरीमा यात्रुवाहक बसमा आगजनी गरेका छन् । विहान ५ बजे मनहरी ४, सिम्पानीमा बुटवलाट हेटौंडातर्फ आउदैं गरेको ना ३ ख ९१६९ नं को बसमा ४÷५ जनाको संख्यामा रहेका बन्दकर्ताको समूहले आगजनी गरेको हो ।
त्यस्तै संघीय लिम्बुवान राज्य परिषद्का जिल्ला स्तरीय नेताहरुले ताप्लेजुङको सामुदायिक रेडियो, रेडियो तमोरलाई आगो लगाएर ध्वस्त बनाउने चेतावनी दिएका छन् । रेडियोले आपूmहरु अनुकुल समाचार र अभिमत प्रसारण नगरेको, लिम्बुवान र आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्द अराजक बन्दै गएको भनि समाचार प्रसारण गरेको आरोप लगाउँदै रेडियोमा आगो लगाउने सार्वजनिक रुपमानै चेतावनी दिएका छन्  ।
त्यस्तै पत्रिका बोकेर फर्किरहेको नागरिक दैनिकको को १ च ५९२८ नम्बरको गाडिमा झापाको केरखामा बन्दकर्ताले आक्रमण गरेका छन् । गाडि काकडभिट्टा पत्रिकार पुर्याएर विराटनगरतर्फ फर्किदै थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई