सेक्सी नायिकाको डरलाग्दो मोह

४ श्रावण २०७१, आईतवार ०८:२१ मा प्रकाशित

मुम्बई : बलिउडमा ग्ल्यामरस र सेक्सी छवि बनाएकी नायिका दीपानीता शर्मा डरलाग्दो चलचित्र (हरर मुभी) एकदम मन पराउँछिन्। त्यस्तो चलचित्र हेर्नमात्रै होइन अभिनयमा पनि उनको रुचि छ। उनले यो रुचि चलचित्र ‘पिज्जा’ बाट पूरा गरेका छन्। तर, दीपानीताका साथीहरूले नै उनलाई उक्त चलचित्र एक्लै नहेर्न सुझाव दिएका छन्।

समाचारस्रोतका अनुसार दीपानीताले ६ सयको हाराहारीमा डरलाग्दो चलचित्र संग्रह गरेकी छन्। चेन्नईनिवासी दीपानीताले चलचित्रमा असाधारण भूमिका निर्वाह गरेकी छन्। यस प्रकारको भूमिका सधैं नपाइने भएकाले उनले हिम्मतका साथ उक्त भूमिका स्वीकार गर्नुका साथै मेहनत पनि गरेको बताइएको छ।

डरलाग्दो चलचित्र हेर्दा रमाइलो लाग्ने भएकाले भूतको भूमिका निर्वाह गर्दा उनी रमाए पनि चुनौतीपूर्ण भएको स्वीकारेकी छन्। ‘मलाई चलचित्र पिज्जामा आफ्नो भूमिका निकै मन परेको छ’, उनले भनेकी छन्। यो चलचित्र दुई वर्षअघि यही नाममा बनेको तमिल चलचित्रको रिमेक हो। शुक्रबार रिलिज भएको यस चलचित्रलाई अक्षय अक्किनेनीले निर्देशन गरेका छन्। -एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार