गम्भिर मतभेदका बाबजुद प्रमुख तीन दल र मधेसी मोर्चावीच छलफलको तयारी

९ जेष्ठ २०६९, मंगलवार ०९:१० मा प्रकाशित

 शासकीयस्वरुप लगायतका विवादित विषयमा ठोस सहमति गर्न दलहरुले आज पनि आन्तरिक तथा बहुपक्षीय छलफल गर्न लागेका हुन । छलफल गर्ने बताइए पनि समय र स्थानको टुङ्गो नलागेको एमाले नेता भीम रावलले जानकारी दिनुभयो । सहमतिको लागि हिजो बसेको प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको बैठक आरोपप्रत्यारोपका कारण निष्कर्षविहिन भएको थियो । एकीकृत माओवादीले संघीयताविनाको संविधान जारी गर्ने षड्यन्त्रमा नेपाली काङ्ग्रेस र नेकपा एमाले लागेको आरोप लगाएको छ । काङ्ग्रेस र एमालेले भने बिगतमा भएको सहमतिबाट माओवादी पछि हटेका कारण कुनै सहमति हुन नसकेको बताएका छन् । एमाले नेता रावलले माओवादीले संविधानसभामा एकलौटी रुपमा बहुमत पु¥याएर जाने प्रयास गरेको र त्यस्तो प्रक्रिया काङ्ग्रेस र एमालेलाई मान्य नहुने बताउनुभयो । गएको जेठ २ गते प्रमुख तीन दलबीच राज्यपुनर्संरचना गर्दा ११ प्रदेश बनाउने सहमति भएको भए पनि माओवादीले सहमति पुनर्विचार गर्नुपर्ने बताएपछि दलहरुबीचको दुरी बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । असार १३ गते काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना भएका

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा