अनशन बस्दाबस्दै तीन मिर्गौला रोगीको मृत्यु

४ श्रावण २०७१, आईतवार ०८:१२ मा प्रकाशित

काठमाडौं, ४ साउन । विभिन्‍न माग राखेर ४१ दिनदेखि रिले अनशनमा बस्दै आएका मिर्गौला रोगीमध्ये तीनजनाको मृत्यु भइसकेको छ।रत्नपार्कस्थित शान्तिवाटिकामा अनशन बसेका तीनजनाको मृत्यु भए पनि सरकार, नागरिक समाज, अधिकारकर्मी र सरोकारवाला संघसंस्थाले अहिलेसम्म कुनै चासो देखाएका छैनन्।

अनशनका क्रममा मिर्गौलापीडित श्याम खड्कीको असार ३ गते, श्याम खत्री क्षेत्रीको असार १६ गते र नातीभाइ डंगोलको असार ३० गते मृत्यु भएको हो।

सम्पूर्ण मिर्गौला रोगीलाई निस्शुल्क रक्त शुद्धीकरण सेवा निरन्तर दिनुपर्ने र आर्थिक अवस्था अत्यन्त कमजोर भएका रोगीका लागि मिर्गौला प्रत्यारोपण वा औषधि सेवन महँगो भएकाले निस्शुल्क उपचार गरिदिनुपर्नेलगायतका सात सूत्रीय माग राखेर मिर्गौला पीडित २७ गतेदेखि रिले अनशनमा बस्दै आएका छन्।

राष्ट्रिय मिर्गौला पीडित संघ नेपालको अगुवाइमा सुरु गरिएको अनशन दैनिक चार घन्टा, आठ घन्टा हुँदै असार २९ गतेदेखि दैनिक १२ घन्टा भएको छ। संघका अध्यक्ष चिन्तामणि पोखरेलले सरकार र नागरिक समाजले कुनै वास्ता नगरेको गुनासो गर्दै माग सुनुवाइ नभए आत्मदाह गर्ने चेतावनी दिए।

नेपालमा मिर्गौला रोगीको यकिन तथ्यांक नभएपनि कुल जनसंख्याको नौ प्रतिशतमा यो रोग भएको अनुमान छ। जसमध्ये १० प्रतिशत मानिसको दुवै मिर्गौला पूर्ण खराब भएको मिर्गौलापीडित संघको दाबी छ। अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११