‘म माग्‍दिनँ, दिएको जिम्‍मेवारी लिन्‍छु’

४ श्रावण २०७१, आईतवार ०८:०६ मा प्रकाशित

काठमाडौं, ४ साउन । पार्टीमा कार्यकारी पदबाट बिदा भएका एमाले निवर्तमान अध्यक्ष झलनाथ खनालको अबको बाटो कुन होरु आकर्षक व्यक्तित्वका धनी नेतामध्ये अग्रपंक्तिमा पर्ने खनालले जबाफ दिए, ‘अब म पार्टीको कार्यकारी पदतिर फर्किन्नँ। राज्य, जनता र पार्टीले मेरो योग्यता र क्षमताले भ्याउने जिम्मेवारी दिए वहन गर्न तयार छु।’

दोस्रो संविधानसभा निर्वाचनयता पार्टीभित्र कार्यकारी पदबाट सम्मानजनक बिदाइ गर्न खनाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने चर्चा चल्ने गरेको छ।

यसबारे खनाल भन्छन्, ‘मेरो केही भन्‍नु छैन, मैले जीवनभर पदको आस गरिनँ र अब पनि छैन।’ आफ्नो योग्यता र क्षमताको प्रयोग पार्टीले गर्न खोजे तयार रहेको पनि उनले बताए।

अब राष्ट्रपतिलगायत सर्वोच्च पदतिर जाने हो तरु उनको जबाफ थियो, ‘समयले कुनै जिम्मेवारी दिन्छ भने दायित्व निर्वाह गर्न सक्षम छु।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न