विषादी मापनयन्त्र काठमाडौं बाहिर पनि आउँछ

३ श्रावण २०७१, शनिबार १९:३५ मा प्रकाशित

काठमाडौं, ३ साउन । कृषि विकास मन्त्रालयले जिल्लामा रहेका कृषि तथ्याङ्क कार्यालयमार्फत कृषि पेसामा लागेकाको विवरण तयार गर्ने भएको छ ।
कृषकलाई बीउबिजन, मलखादलगायत अन्य आर्थिक क्षेत्रमा थप अुनदान तथा सहयोग गर्न परिचयपत्र वितरणका लागि कृषि तथ्याङ्क सङ्कलन गर्न लागिएको कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले जानकारी दिए ।
राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पराजुलीले तथ्याङ्क सङ्कलनका लागि एक करोड विनियोजन गरिएको जानकारी दिए ।
तरकारी तथा फलफूलले जनस्वास्थ्यका क्षेत्रमा पारेको असरलाई न्यूनीकरण गर्न आधुनिक विषादी मापनयन्त्र सुरुमा काठमाडौंको कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा राखिएको र आगामी दिनमा देशका अन्य प्रमुख सहरमा राख्ने तयारी भइराखेको मन्त्री पराजुलीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ