मोदी आउनुअघि कांग्रेसमा हिन्दू राज्यको प्रस्ताव जाँदै

३ श्रावण २०७१, शनिबार १७:२० मा प्रकाशित

काठमाडौं, ३ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेपाललाई हिन्दू राज्य घोषणा गरिनु पर्ने प्रस्ताव छलफलका लागि पेश हुने भएको छ ।
अमेरिकामा स्वास्थ्य उपचारमा रहेका पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्केपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा विश्वमा नेपाल हिन्दू राष्ट्र भनेर चिनिएकाले त्यो चिनारी जोगाइराख्न भन्दै सो प्रस्ताव पेश गर्न लागिएको हो ।
केन्द्रीय सदस्य खुमबहादुर खड्काले प्रस्ताव पेश गर्न लागेका हुन् । ‘विश्वमा रहेको चिनारीलाई जोगाइराख्न साथीहरुसंगको सल्लाहमा मैले हिन्दू राष्ट्र घोषणा गरिनुपर्ने प्रस्ताव केन्द्रीय कर्यसमितिको बैठकमा पेश गर्दै छु,’ खड्काले भने ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण हुनअघि हिन्दू राज्यको प्रस्तावका पक्षमा निर्णय गराउन खड्काले निकटका केन्द्रीय सदस्य र पदाधिकारीहरुसँग परामर्श गरी सकेका छन् । नेता खड्का अहिले भारतीय संस्थापन पक्ष नजिक रहेको स्रोतको भनाइ छ ।
कांग्रेसको १३ औं महाधिवेशन बारे निर्णय लिन कोइराला स्वदेश फर्केपछि केन्द्रीय समिति बैठक आव्हान गर्ने तयारी छ । पार्टी सभापति कोइराला नेतृत्वमा सरकार गठन भएपछि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसेको छैन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री