
काठमाडौ, ९ जेठ । प्रधानन्त्री डा बाबुराम भट्टराईले आज पनि राष्ट्रपति डा रामबरण यादवसँग भेटवार्ता गर्दै हुनुहुन्छ । अहिले केहीबेरमा शीतलनिवासमा हुने भेटमा यही जेठ १४ मा संविधान जारी गर्ने सम्भावना कमजोरबन्दै गएपछि जेठ १४ अघि र पछिको अवस्थाको बारेमा प्रधानमन्त्री र राष्ट्रपतिबीच छलफल हुन थालेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । हिजोको भेटमा राष्ट्रपतिले जेठ १४ मा जसरी पनि संविधान जारी गर्ने वातावरण मिलाउन प्रधानमन्त्रीसहित प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुलाई आग्रह गर्नु भएको थियो । राष्ट्रपतिसँगको भेटमा उठाउने विषयको बारेमा प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डबीच अहिले छलफल भइरहेको बुझिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी
म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार