माओवादीद्धारा संविधान निर्माणमा भएको सहमति मान्न अस्विकार

८ जेष्ठ २०६९, सोमबार २०:१२ मा प्रकाशित

प्रमुख दलमा विभाजन गरेर दुई तिहाई पुर्याई संविधान कब्जा गर्ने नयाँ रणनीतिमा
काठमाडौ, ८ जेठ । मधेसी मोर्चा सहित तीनदलवीच संघीय प्रदेशको संख्या सहित संविधानका विवादित विषयमा भएको सहमतिबाट माओवादी पछाडी हटेपछि तीन प्रमुख दलका शिर्ष नेताहरुको आज बसेको बैठक विनानिष्कर्स टुङगिएको छ ।
आजको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुवीच भएको ११ प्रदेश बनाउने सहमतिमा आफूले कसैलाई सहमत गराउन नसकेको भन्दै त्यसलाई परिवर्तन गर्नु पर्ने प्रस्ताव राखेका थिए ।उनले आफूहरुलाई पनि सो प्रस्ताव अमान्य भएकोले परिवर्तन गर्न आग्रह गरेका थिए ।
त्यसैगरी प्रचण्डले यसअघि दलहरुवीच भएको सहमति अनुसार ६ देखि १४ प्रदेश बनाउने कुराको जिम्मेवारी संघीय आयोगलाई दिने भनिए पनि त्यसलाई आफूहरुले स्विकार्न नसक्ने स्पष्ट पारेका थिए ।
आजको बैठकमा प्रचण्डले १० वटा प्रदेश बनाउने र त्यसमा केही जातीय आधारमा प्रदेश निर्माण गर्ने नयाँ प्रस्ताव अगाडि सारेका थिए । जसलाई काग्रेस र एमालेले अस्विार गरि दिएका थिए ।
बैठकपछि काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष बामदेब गौतमले माओवादी काग्रेस र एमाले भित्रका मधेसी र जनजाती सभासद, मधेसी सभासदलाई मिलाएर दुई तिहाई बहुमत पुर्याएर संविधान कब्जा गर्ने रणनीतिमा लागको बताए ।
उनीहरुले माओवादी संविधान निर्माण नगर्ने रणनीतिमा लागेको आरोप लगाउँदै लोकतान्त्रिक आन्दोलनका सहयात्री दलहरुमा विभाजन गरेर खेल्ने रणनीतिमा लागेको आरोप लगाए ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपालले माओवादी सहयात्री लोकतान्त्रिक दलहरुमा विभाजन ल्याएर दुई तिहाई बहुमत पुर्याएर संविधान कब्जा गर्ने रणनीतिका साथ अगाडि बढेको आरोप लगाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १०

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्याकारी निर्देशकमा कुलमान घिसिङलाई फेरि ल्याउने तयारी गरेको छ । पछिल्लो समय विद्युत आपुर्तिमा

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई

रुपन्देही । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र,