अमेरिकी विदेशमन्त्रीसँग नेपाली महिला आरोहीहरूको भेट

२ श्रावण २०७१, शुक्रबार १९:२८ मा प्रकाशित

काठमाडौँ, २ साउन । सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने अभियानका क्रममा उत्तर अमेरिकाको सर्वोच्च हिमाल डेनालीको हालै सफल आरोहण गरेका नेपाली महिला पवर्तारोही टोली र संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री जोन केरीबीच बिहीबार ह्वाइट हाउसमा भेटवार्ता भयो । भेटघाटमा टोलीलाई बधाई दिँदै महिला टोली प्रेरणादायी रहेको केरीले बताए । टोलीले गरिरहेको व्यापक विश्व भ्रमणबाट आफू लोभिएको तर आफूले त्यसो गर्न समय पाउन नसक्ने पनि उनले बताए ।
सगरमाथाबारे राम्रा जानकार मानिनु भएका केरीले आफ्नी छोरी सगरमाथा आधार शिविरसम्म पुगेको पनि सुनाए । टोलीले उनलाई हिमाली अनुभवका लागि नेपाल भ्रमणको निम्तो दिएको छ । निम्तो स्वीकार्दै उनले नेपाल आउने आफ्नो लामो समयदेखिको सपना भएको र कार्यकाल सकिनुअघि नेपाल आउने चाहना व्यक्त गरेको टटोली संयोजक शैली बस्नेतले वासिङ्टन डिसिबाट जानकारी दिइन् ।
भेटघाटमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा नेपालका लागि अमेरिकी राजदूतलगायत स्टेट डिपार्टमेन्टका उच्च अधिकारीहरु सरिक थिए ।
केरीलगायतका अमेरिकी उच्च अधिकारीबाट नेपाली महिला टोली प्रेरणादायी रहेको र विश्वलाई यस्तै उदाहरणको आवश्यकता रहेको भनी प्राप्त प्रतिक्रियाबाट आफूहरु प्रोत्साहित भएको पनि टोली संयोजक बस्नेतले बताइन् । सेभेन समिट महिला टोली हाल अमेरिकी स्टेट डिपार्टमेन्टको एकहप्ते कार्यक्रममा सहभागी छन्, जसमा टोलीले उच्च सरकारी अधिकारी र विविध सङ्घसंस्था भ्रमण गर्नेछन् । टोलीमा बस्नेतका साथै माया गुरुङ, निम्डोमा शेर्पा, चुनु श्रेष्ठ, पुजन आचार्य, आशाकुमारी सिंह सम्मिलित छन् । शिक्षा, महिला सशक्तीकरण र वातावरण संरक्षणको सन्देश बोकेको टोलीले हिमाल आरोहणका क्रममा विश्वका विभिन्न स्थानमा पुगी अनुभव आदान–प्रदान गर्ने गरेको छ । चालु अभियानअन्तर्गत टोलीको अन्तिम गन्तव्य आन्टार्टिका रहेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।