सामाजिक सद्भाव कायम राख्न काङ्ग्रेसको आग्रह

८ जेष्ठ २०६९, सोमबार १७:४९ मा प्रकाशित

काठमाडौ, ८ जेठ । नेपाली काङ्ग्रेस संसदीय दलले सामाजिक सद्भाव खलबलिन नदिई संविधान निर्माणका लागि सहज वातावरण बनाउन सहयोग गर्न सबैसँग आह्वान गरेको छ । विभिन्न समुदायले संविधानमा आफ्ना अधिकार स्थापित गर्न विभिन्न माग उठाई बन्द, हड्ताल र घेराउजस्ता कार्यक्रम सञ्चालन भइरहेको र बन्द हड्तालका क्रममा कतिपय ठाउँमा अप्रिय घटना भएको समाचार आइरहेको पृष्ठभूमिमा काङ्ग्रेस संसदीय दलले सहज वातावरण बनाउन अपिल गरेको हो । नेपाली काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले आज एक विज्ञप्ति जारी गरी नेपाली जनताले संविधानसभाद्वारा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाएर जारी गर्ने समय अत्यन्त थोरै रहेकाले संविधान निर्माणका लागि उपयुक्त वातावरण बनाउन सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आह्वान गर्नुभएको हो । राज्य पुनःसंरचनालगायत संविधानका कतिपय विवादित विषयमा सहमतिको प्रयास शीर्ष नेतृत्व तहमा जारी रहेको बेला विभिन्न समुदायले आफ्ना मागहरु राखी बन्द, हडतालजस्ता कार्यक्रम आयोजना गरेको र कतिपय ठाउँमा अप्रिय घटना घटेकामा दलले दुःख व्यक्त गरेको छ । जनकपुरमा विपक्षी दल मधेसी जनअधिकार फोरमका जिल्ला अध्यक्षको नेतृत्वमा काङ्ग्रेसका सभासद् विमलेन्द्र निधिको घरमा आक्रमण गरिनु, हिजो वार्तामा जाँदै गरेका एमालेका नेता भीम रावललाई लक्षित गरी सशस्त्र प्रहरी भ्यानमै आक्रमण गरिनु र जातीय सद्भाव बिग्रने गरी आज ललितपुरको इमाडोलमा भएको उत्तेजक क्रियाकलाप अहिलेसम्म सम्हालिन नसकेको प्रति दलले चिन्ता व्यक्त गरेको छ । त्यस्तै समाचार सङ्कलन गर्न गएका पत्रकारप्रति हिजो र आज साङ्घातिक आक्रमण भएको भन्दै वक्तव्यमा आयोजकका प्रतिबद्धता विपरीत यस्तो घटना भइरहेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता संशोधनपछि मात्र पारित गर्न माग गर्नुभएको

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।