अछाममा असइविरुद्ध बलात्कार मुद्दा

२ श्रावण २०७१, शुक्रबार १७:३६ मा प्रकाशित

अछाम, २ साउन । अछाममा नेपाल प्रहरीका सहायक निरीक्षकबाट १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छिन् ।
घुघुरकोट–२ की ती किशोरीलाई प्रहरी सहायक निरीक्षक लालमणि नाथले जबर्जस्ती करणी गरेको आरोपसहित प्रहरीमा जाहेरी परेको छ ।
किशोरीका आफन्तले नाथविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् । जाहेरीमा असार ३० गते नाथले किशोरीलाई बलात्कार गरेको उल्लेख भएको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए ।
बैतडी रुद्रेश्वर घर भएका ४० वर्षीय नाथ इलाका प्रहरी कार्यालय घुघुरकोटमा कार्यरत छन् । किशोरी बलात्कारको आरोप लागेका नाथलाई जागिरबाट निलम्बन गर्न बिहीबार नै क्षेत्रीय प्रहरी कार्यालयलाई पत्र लेखेको खड्काले जानकारी दिए ।
आरोपित नाथ घटना भएको भनिएको दिनदेखि नै जिल्ला प्रहरीको नियन्त्रणमा रहेको खड्काले जानकारी दिनुभयो ।
किशोरीको बिहीबार नै जिल्ला अस्पताल मङ्गलसेनमा स्वास्थ्य परीक्षण गरिएको थियो । नाथविरुद्ध बिहीबार नै जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

जाजरकोट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग