बाटोमा पैसा छरेर चोरी

२ श्रावण २०७१, शुक्रबार ०७:३७ मा प्रकाशित

काठमाडौं, २ साउन । अपरिचित व्यक्तिले बाटोमा पैसा छरेर खिचापोखरीमा किनमेल गर्न गएको समयमा भारत पटनाका मनोज कुमार भगतको कारबाट समान चोरी गरी फरार भएका छन् ।

डाबर नेपालमा कार्यरत भगत बा ५ च ११४८ नम्वरको कार चडेर बुधबार साँझ समान खरिद गर्न खिचापोखरी पुगेका थिए।

अपरिचित व्यक्तिले १० को नोट फालेर दाई तपार्इॅको पैसा खस्यो भनी देखाएपछि झोला कार भित्र राखेर पैसा टिप्न खोज्दा चोरले झोला लिएर फरार भएको प्रहरीले जनाएको छ।

चोरले कार भित्र रहेको ल्यापटप, मोवाईल, बैंकको क्रेडिट कार्ड, भारतीय राहदानी र भारतीय पान कार्ड तथा एनसेलको सीमकार्ड चोरी गरी फरार भएको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ। प्रहरी फरार चोर पक्राउ गरेको छैन । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्