बिरुवा बिक्रीबाट आत्मनिर्भर बन्दै

१ श्रावण २०७१, बिहीबार १७:१५ मा प्रकाशित

दाङ, १ साउन । दाङको घोराही नगरपालिका वडा नं ५ अम्बापुर सालघारीका चुडामणि बेल्वासे यस मौसममा मात्रै बिरुवा बिक्री गरेर एक लाख ५० हजार आम्दानी गर्न सफल भएका छन् ।
आफ्नै छ कट्ठा जग्गामा विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर स्थानीय घोराही बजारमा ल्याई बिक्री गर्ने गरेको बताउने बेल्वासेले सोही व्यवसायबाट घरपरिवार पाल्ने काम गरिरहेका छन् ।
घोराही बजारका चोक–चोकमा विभिन्न प्रजातिका बिरुवा बिक्रीका लागि राखेका उनले बिरुवा बेच्न घरका अन्य सदस्यलाई पनि लगाउने गरेको बताए ।
विगत नौ वर्षदेखि यो पेसा गर्दै आएको बताउने उनले सुरुमा कृषि विकास बैंक घोराहीबाट २० हजार ऋण लिई नर्सरीको स्थापना गरेका थिए ।
सोही नर्सरीलाई केही समयपछि फर्ममा दर्ता गरेर अहिले उन व्यावसायिक उत्पादन गरेर बिरुवा बिक्री गर्छन् ।
सुरुका वर्षहरूमा ९÷१० हजार बिरुवा उत्पादन गर्दै आएका उनले अहिले वार्षिक पाँच लाख बोटबिरुवा उत्पादन गर्दै आएको जानकारी दिए । अहिले उनलाई बेल्वासेको नर्सरी भनेर धेरैले चिन्ने गरेका छन् र धेरै ग्राहक बोटबिरुवा लिन उनकै घर जाने गर्छन् ।
उनको नर्सरीमा अहिले कागती, जुनार, अनार, अमला, बेलाउती, जामुन, अमला, श्रीखण्ड, बेद, अशोक, धुपीसल्ला, रुद्राक्ष, कुरिलोलगायत विभिन्न प्रजातिका बिरुवा रहेका छन् ।
उनलाई पछिल्ला वर्षहरूमा जिल्ला वन कार्यालय दाङले पनि सक्दो रूपमा प्राविधिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

सरकारको स्वामित्वमा सञ्चालित हेटौडा दुग्ध वितरण आयोजनाद्वारा उत्पादित घ्यू जापानमा निर्यात हुन थालेपछि माग समेत बढेको छ । आयोजनाका प्रमुख

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार

काठमाडौं । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईंले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको