‘मयूरको प्वाँख फ्याँक्ने काम बाबुरामले गरेका छन्’

१ श्रावण २०७१, बिहीबार १९:२० मा प्रकाशित

काठमाडौं, १ साउन । अर्थमन्त्री डा. रामशरण महतले बजेटले लगानीको वातावरण बनाउनुका साथै कृषिलाई नयाँ जीवन दिने बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा उनले अर्थव्यवस्थामा रहेको गतिहीनताको अन्त्य गर्न र पूर्वाधार विकासको कामलाई अघि बढाएर समग्र अर्थव्यवस्थालाई समृद्ध बनाउन बजेटले योगदान दिने बताए ।
अर्थमन्त्री महतले सस्तो ब्याजमा ऋण दिएर ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जना गर्दै कृषिलाई नयाँ जीवन दिन पनि बजेट सफल हुने विश्वास व्यक्त गरे ।
‘लगानी, ऊर्जा, कृषि, बैंकिङ, उद्योगलगायतका धेरै विषयमा आवश्यक विधेयकहरू आउनेछन्, जसले लगानीको वातावरण बनाएर समग्र विकासलाई समेत टेवा दिनेछ,’ अर्थमन्त्री महतले भने ।
उनले बजेट कार्यान्वयनको चुनौती रहे पनि निश्चित अवधिभित्र सरकारी निकायले काम गर्ने गरी कार्यतालिका बनाउने काम केही दिनभित्रै हुने भन्दै त्यसका लागि आफूले मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशनसमेत दिए ।
‘निर्धारित समयभित्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउनु र मुलुकलाई आर्थिक समृद्धिमा लैजानु वर्तमान सरकारको मूल ध्येय हो,’ उनले भने, ‘त्यसका लागि आवश्यक काम गर्न सरकार सदैव प्रतिबद्ध छ ।’
तराईको कृषि, औद्योगिकीकरण, बृहत् सिँचाइ, पुराना आयोजनाको पुनःस्थापनालगायतका क्षेत्रमा काँग्रेस सरकारमा रहँदा नै अधिकतम बजेट आउने गरेको दाबी गर्दै उनले पहिलोपटक हरेक निर्वाचन क्षेत्रमा पाँच करोड रुपियाँको भौतिक विकासको सुनिश्चिततासहितको बजेटको व्यवस्था गरिएको बताए ।
मन्त्री महतले एमाओवादीका नेता बाबुराम भट्टराई सत्तामा रहँदा नवउदारवादको प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकजस्ता संस्थाको शरणमा पुगेको बताए । उनले भने, ‘ तर सत्ता बाहिर रहँदा उनीहरूको आलोचना गर्ने काम गरेर सत्ताबाट बाहिर रहँदा मयूरको प्वाँख फ्याँक्ने काम बाबुराम भट्टराईले गर्नु भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च