कैदीबन्दीमा देखिएको छालासम्बन्धी रोग निको हुँदै

१ श्रावण २०७१, बिहीबार १५:३२ मा प्रकाशित

दमौली, १ साउन । तनहुँ कारागारका कैदीबन्दीमा दुई सातायतादेखि देखिएको छालासम्बन्धी रोग नियन्त्रणमा आउन थालेको छ ।

शरीर चिलाउने र कनाउँदा स–साना दाग देखिने रोगबाट पीडित कैदीबन्दीमा अहिले रोग निको हुँदै गएको कारागारले जनाएको छ ।

कैदीबन्दीका चौकीदार प्रेम परियारले ४०\४५ जना कैदीबन्दीमा त्यस्तो रोग देखिएको भन्दै अहिले नियन्त्रणमा आइसकेको बताए ।

औषधि खाने र लगाउने गरेपछि रोग निको भएको जानकारी उनले दिए । अहिले सरकारले हेल्थ असिस्टेन्टका रुपमा समीक्षा खनाललाई कारागारमा पठाएपछि कैदीबन्दीको नियमितजस्तै स्वास्थ्य परीक्षण हुने र उनीहरुलाई सरुवा रोगले आक्रमण गर्ने सम्भावना कम हुँदै आएको तनहुँ कारागारले जनाएको छ ।

चौकिदार परियारले क्षमताभन्दा बढी कैदी बन्दी पाँच वटा कोठामा कोचारिएर बस्नुपर्दा निकै समस्या परेको बताए ।

तनहुँ कारागारका निमित्त प्रमुख तीर्थनाथ खनालले २५ जनाको क्षमता रहेको सो कारागारमा कैदी ७९ र थुनुवा ३७ गरी ११६ जना कैदीबन्दी रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न