वेल्जियमको निर्वाचनमा रेग्मीको उम्मेदवारी ११ नंम्वरमा

८ जेष्ठ २०६९, सोमबार १५:५५ मा प्रकाशित

वर्गहरट वेल्जियम मे २० । वेल्जियममा  यही अक्टुवर महिनाको १४ तारिखमा हुने स्थानीय निकायको निर्वाचनमा एनभेआका तर्फवाट    Borgerhout District  काउन्सिलर पदका लागि पार्टीका तर्फवाट उम्मेदवारी पाएका कृष्ण  प्रसाद रेग्मी पार्टीका २५ सदस्यीय उम्मेदवारहरु मध्ये ११ नं मा पर्नु भएको छ । उनी पछाडि पनि १४ जना यहाका स्थानीय वासिन्दाहरु सो लिष्टमा रहेका छन ।  लिष्टमा नामावलि छनौट  प्रकृया पार्टीको जिल्ला कार्यसमितिको उम्मेदवार छनौट समितिले विभिन्न आधारहरुमा रहेर तय गरेको हो ।    अक्टुवर १४मा हुने निर्वाचनमा  सामानुपातिक मतदान   प्रकृयाको लिष्ट पद्दतिमा हुने निर्वाचनमा उहाँले पाएको उम्मेदवारी स्थानले वेल्जियममा रहेका नेपालीहरु विच आशा  पलाएको छ । वेल्जियमको सवै भन्दा ठूलो राजनैतिक दल एनभेआको ठूलो पकड भएको क्षेत्रमा हाल सम्म र खास गरि २०१० को संसदीय निर्वाचनमा रहेको  वर्तमान साख मात्र कायम रहेको अवस्थामा पनि रेग्मीले निर्वाचन जित्ने पक्का पक्की अनुमान गर्न सकिन्छ ।  उक्त क्षेत्रमा एनभेआको  केन्दीय  पार्टी सभापति तथा हालका संधीय सरकारका विपक्षी दलका नेता वार्थ दे वेभरले नै नेतृत्व गर्ने सो स्थानीय निर्वाचनमा सोही क्षेत्रवाट  मेयरमा उठ्ने घोषणा भैसकेको हुदाँ पनि रेग्मीको निर्वाचन क्षेत्रमा विशेष राजनैतिक चहल पहल भएको छ । वेल्जियमको वर्गरहट निर्वाचन क्षेत्रमा करिव  ४० हजार मतदाता रहेका छन र   निर्वाचन जित्नलाई कम्तिमा पनि १५ सय हाराहारी वा सो भन्दा वढि मत   प्राप्त गर्नु पर्ने छ । वेल्जियममा अनिवार्य मतदान  गर्नु पर्ने व्यवस्था भएको हुदाँ यहाँ विश्वको धेरै मतदान हुने देश मध्ये यो देश पर्दछ । मतदान गर्ने दिनमा यो देशमा नहुनेले वा अरु नै जरुरी काम परेर  जान नसक्नेले मन्जुरीनामा दिएर   प्रोक्सी मतदान समेत गर्न सक्ने छन ।
वेल्जियम भरमा सरकारी रेकर्ड अनुसार १८९३ नेपाली रहेका छन । ति मध्ये मतदान गर्नै पर्नेको संख्या २१४ छन र मतदान गर्न पाउनेको संख्या ८०६ रहेको छ ।  २००७ को जुलाई ३१ भित्र ५ साले कागज लिएकाहरुले मतदान गर्न पाउने अधिकार छ तर त्यसका लागि उनीहरुले  सम्वन्धित सिटिहलको निर्वाचन शाखामा नाम दर्ता गराउनु पर्ने  जनाइएको छ । 

अव पार्टीको   प्रचार   प्रसारमा घोषणा पत्रहरु लगायतका मिडियामा  पार्टी तर्फवाट वेल्जियम भरमा उम्मेदवार दिनेहरुको नामावलीको घोषणा    यही २६ तारिख विशेष समारोहका विच सभापति वार्थ द वेभरले गर्ने छन ।
स्मरणीय छ  नेपालको चितवन जिल्लामा जन्मिनु भएका   विगत १० वर्ष देखि वेल्जियमा रहनु भएको छ ।  रेग्मी वेल्जियममा एनआरएनको अभियानमा सुरु देखी नै सक्रीय छन । उनी अहिले एनआरएन को केन्दीय समिति अन्तर्गतको सूचना तथा संचार कार्यदलको केन्दीय सदस्य समेत रहेका छन । साथै उनी  संचारक्रमी  तथा लेखक पनि हुन । उनको उम्मेदवारीमा सहयोग गर्न र नेपालीहरु कसरी परिचालित गराउन सकिन्छ भनेर यहाँ स्थित एनआरए लगायतका संस्थाहरु छलफलमा व्यस्त छन । १९ मे का दिन वेल्जियमका लागि नयाँ नेपाली राजदुत राममणी पोखरेल ज्यू को स्वागत तथा रेग्मीको उम्मेदवारी सम्वन्धमा  समेत एनआरएनले भव्य कार्यक्रम सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

लन्डन । नेपाल पत्रकार महासङ्घ (एफएनजे) युके शाखाले एक समारोहबीच पत्रकार श्रीभक्त खनाललाई यस वर्षको ‘एफएनजे युके वर्ष पत्रकारिता पुरस्कार’

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको डेनमार्क शाखा प्रमुखमा काभ्रेका प्रदिप तिवारी मनोनयन हुनु भएको छ । आठ वर्षदेखि

अमेरिकाको टेक्सास राज्यस्थित युलेस सिटी काउन्सिल मेम्बरमा नेपाली मूलका टीका पौडेल विजयी हुनुभएको छ । स्थानीय समयानुसार शनिबार राति सम्पन्न