मिसेस युनिभर्समा रजनीले सहभागिता जनाउने

१ श्रावण २०७१, बिहीबार ०९:०७ मा प्रकाशित

काठमाडौं । आगामी अगष्ट २९ मा मलेशियामा आयोजना हुने सौन्दर्य प्रतियोगिता ‘मिसेस युनिभर्स २०१४’ मा नेपालको प्रतिनिधित्व श्रमिती रजनी थापाले गर्ने भएकी छिन् ।
‘मिसेज नेपाल दोस्रो संस्करणकी विजेता थापालाई सो प्रतियोगिता सहभागिताका लागि इ–प्लानेटले पठाउन लागेको हो । मलेशियाको क्वालालाम्पुर सहरस्थित सन वे रिसोर्ट होटेलमा आयोजना हुने प्रतियोगितामा ६३ देशका सुन्दरीहरूको सहभागिता रहने गर्छ ।
२८ वर्षीय थापा अगष्ट २० मा प्रतियोगिताका लागि मलेशिया उड्ने ब्यवस्था मिलाइएको इ–प्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।
प्रतियोगितामा नेपालको यो दोस्रो सहभागिता हो । यस अगाडि सहभागी ४४ वर्षीया मीना घिमिरे उत्कृष्ठ १० भित्र परेर ‘मिसेज इन्टेलिजेन्स’ को उपाधि नेपाल भित्राएकी छन् ।
कार्यक्रममा थापाले नेपालको झन्डा फहराउने छिन् । ‘मिसेस ग्लोब २०१३’ मा समेत सहभागी जनाएकी थापाले प्रतियोगितामा ‘मिसेस फिलेन्थ्रोपी’ विधाको बिजेत बनेकी थिइन् । थापाले पनि उपाधि जितेर नेपाल र नेपालीको शिरउचो बनाउने विश्वास इ–प्लानेटको छ ।
बालबालिकादेखि युवायुवतीसम्मलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिता तथा इभेन्ट आयोजना र व्यवस्थापन गर्दै आएको इ–प्लानेटले ‘मिसेस नेपाल’, ‘लिटिल मिस नेपाल’, ‘मिस टिन इन्टरनेशनल’ र ‘मिस इन्टरनेशनल’ गरी चार प्रतियोगिता एकै मञ्चमा आयोजनागर्दै आएको छ । इप्लानेटले २०१५ का लागि यी चारै प्रतियोगिताको आबेदन पनि खुल्ला गरेको छ ।
‘बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन तथा सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहँसमा पहिलोपटक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल २०१४’को आयोजना समेत गर्दै छ । इ–प्लानेटले अन्तर्राष्ट्रिय प्रतियोगितामा २ शीर्ष सहित ९ उपाधि नेपाल भित्राउन सफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्राट न्यौपानेको ‘चालिसे’मा गीत सार्वजनिक भएको छ । अनन्त कश्यप घिमिरेको शब्द र सम्राट न्यौपानेको आवाजमा रहेको गीतको

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र