आदीवासी आन्दोलनको दोस्रो दिन पनि आन्दोलनकारीद्धारा सन्चारकर्मीमाथि आक्रमण

८ जेष्ठ २०६९, सोमबार १२:४१ मा प्रकाशित

काठमाडौ , ८ जेठ । आदीबासी जनजाती संयूक्त संघर्ष समितिले आब्हान गरेको तीन दिने आमहडतालको आज दोस्रो दिन पनि आन्दोलनकारीहरुले सन्चारकर्मीमाथिको लक्षित आक्रमण जारी राखेका छन् ।
आन्दोलनकारीहरुले राजधानीमा आर्थिक अभियान राष्ट्रिय दैनिकका पत्रकार अशोक दुलालमाथि आक्रमण गरेका छन । त्यसैगरी नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव राधेश्याम खतिवडाका ना २ प ४९४२ नम्बरको मोटरसाईकल तोडफोड गरेका छन ।
यता ललितपुरको ईमाडोलमा आन्दोलनकारीले पसल लुटपाट गरेको र घर घरमा पसेर स्थानीयका चेलिबेटीको बेईज्जत गरेको भन्दै स्थानीयले आन्दोलनकारी विरुद्ध प्रर्दशन गरेका छन् । प्रर्दशनका कारण सो क्षेत्रको स्थिती तनाव उत्पन्न भएको छ ।
त्यसैगरी आन्दोलनकारीहरुले ताप्लेजुङ जिल्ला शिक्षा कार्यालयमा तोडफोड गरेका छन् । बन्द गराउँदै हिडेका आन्दोलनकारीले बन्द गराउनेक्रममा कार्यालयमा तोडफोड गरेका हुन । सो क्रममा प्रहरीले चार जना आन्दोलनकारीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले