हङकङमा के देखाइन् प्रियंकाले?

१ श्रावण २०७१, बिहीबार ०२:४३ मा प्रकाशित

फिल्मी नायिकाहरूलाई हाईलाइटमा रहिरहन र मिडियामाझ गसिप बन्नको निम्ति काम लागिरहने फर्मूला हो– ‘ग्ल्यामरर्स’। तर, पछिल्लो समय नेपाली नायिकाहरू ग्ल्यामरर्सको नाममा आफ्नो पहिरनमा निकै खुल्दै गइरहेका छन्। जसको पछिल्लो उदाहरण बनेकी छिन् नायिका प्रियंका कार्की। हालै हङकङमा आयोजित एक कार्यक्रममा उपस्थित प्रियंकाले अत्यन्त भद्दा ड्रेसअप गरेर तहल्कै मच्चाइन्।
केही दिनअघि मात्र एक सार्वजनिक कार्यक्रममा बसाईमा ध्यान नदिँदा तलको भित्री वस्त्र उदाङ्गिएर मिडियामाझ चर्चा र सामाजिक सञ्जालमा भाइरल बन्न पुगेकी नायिका कार्कीले हङकङ पुगेर प्रदर्शन गरेको वान पिस खुकुलो पहिरन झन् चर्चाको विषय बन्न पुगेको छ। प्रियंकाले सामाजिक सञ्जाल ‘इन्स्ट्राग्राम’मार्फत सार्वजनिक गरेको प्रस्तुत तस्बिरबाट नै प्रियंका कतिसम्म खुलेर प्रस्तुत भइन् भन्ने प्रष्ट हुन्छ। उनीजत्तिको खुला ‘ड्रेसअप’मा सार्वजनिक कार्यक्रममा अन्य नायिका आजसम्म देखिएका उदाहरण नै छैनन्।
चर्चामा आउनका लागि या अरु नै कुनै उद्देश्यले प्रियंकाले यस्तो हतकण्डा अपनाउँदै छिन्, त्यो भने उनलाई नै थाहा होला। तर उनको यो फोटो अनि ड्रेसअपले चाहिँ मिडिया तथा सामाजिक सञ्जालमा तहल्का मच्चाउने निश्चित छ। चलचित्रमा अभिनय देखाएर खासै जम्न नसकेकी नायिका प्रियंकाको यो हतकण्डा उनका लागि प्रत्युत्पादक नै बन्ने देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै