चार दल शिर्ष नेताहरुद्धारा पत्रकारमाथिको आक्रमणको निन्दा

८ जेष्ठ २०६९, सोमबार १२:४० मा प्रकाशित

काठमाडौ, ८ जेठ । आदीवासी जनजाती संयूक्त संघर्ष समितिले आयोजना गरेको तीन दिने नेपालबन्दको क्रममा हिजो पहिलो दिन सन्चारकर्मीमाथि लक्षित आक्रमणको प्रमुख चार दलका शिर्ष नेताहरुले निन्दा र भत्र्सना गरेका छन् ।
बैठकले सन्चारमकर्मीमाथिको नियोजित आक्रमण तत्काल बन्द गरेर जातीय सदभाव कायम राख्ने बातावरण निर्माण गर्न आग्रह गर्दै यस्ता आन्दोलनले मुलुकमा जातीय हिंसा बढाउने भन्दै तत्काल आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।
बैठकपछि नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले रिपोर्टर्स क्लब नेपालमा आदीबासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले दिएको अभिब्यक्ति जातीय द्धन्द्ध बढाउन तर्फ उद्यत भएको भन्दै त्यस्तो नबोल्न चेतावनी दिए । कोइरालाले आन्दोलनरत पक्षलाई तत्काल आन्दोलन फिर्ता लिन समेत माग गरे ।
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पनि सन्चारकर्मीमाथि भएको आक्रमणको निन्दा गर्दै माओवादीले उचालेर आन्दोलन भएको भन्दै माओवादीलाई सरकारमा बसेर दोहोरो चरित्र प्रर्दशन नगर्न चेतावनी दिए । उनले आन्दोलन फिर्ता नलिएसम्म आन्दोलनरत पक्षसँग कुनै बार्ता नगर्ने समेत स्पष्ट पारे । एमालेले माओवादीको उक्साईमा आन्दोलन भएको भन्दै तीन दलको बैठकसमेत बहिस्कार गर्दै आएको थियो ।
काग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले पनि पत्रकारमाथि भएको आक्रमणको निन्दा गर्दै आन्दोलन फिर्ता लिएर जातीय सदभाव भडकिन नदिन आन्दोलनकारीसँग आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत