नाका बन्द खुले पछि चिराइतो तिब्बत निकासी

८ जेष्ठ २०६९, सोमबार ०९:२१ मा प्रकाशित

ताप्लेजुङ, ८ जेठ । ताप्लेजुङमा उत्पादित चिराइतो धमाधम तिब्बत निकासी हुन थालेको छ । केही महिना अघि मानिसहरुले बोकेर ओलाङ्चुङगोला पुर्याएको  चिराइतो तिब्बत निकासी भएको हो ।  हिउँ  परेर  ४ महिना अघि देखि नाका बन्द  रहेको  कारण गोलामा भण्डारण गरिएको चिराइतो तिब्बत निकासी हुन सकेको थिएन । गर्मी मौषम लागे संगै हिउ पग्लिएर बाटो खुले पछि चिराइतो तिब्बत निकासी हुन थालेको   ओलाङचुङगोला  ९ याङमाका चिराइतो ब्यवसायी दावानुपु लामाले बताउनु भयो । बन्द हड्तालले प्रभाव नपार्ने र अरु ठांउ भन्दा राम्रो  मूल्य पाइने   भएपछि आफुहरुलाई चिराइतो निकासी गर्न सहज भएको लामाले जानकारी दिनु भयो । ओलाङ चुङगोलामा अहिले  प्रतिमन  २४ हजाका दरले चिराइतोको कारोबार हुने तथा  तिब्बतमा  प्रतिमन २८ देखि ३० हजार सम्ममा बिक्रि हुने बताइएको छ । ताप्लेजुङ सदरमुकाममा प्रतिमन  १६ हजारमा कारोवार हुने चिराइतो   झापामा १८  हजार सम्ममा विक्रि हुने गरेको व्यपारी बताउछन । हिउँ परेर नाकाबन्द भएको भनिएता पनि  त्यसबेला  चिनिया धार्मिक नेता  दलाइ लामाको जन्मत्सव पारेर अबान्छित गतिविधी हुने भन्दै  चिनिया प्रशासनले नाका  बन्द गरेको हुन सक्ने कतिपयले बताएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको

काठमाडौँ। नेपालको ऊर्जा क्षेत्रको विकासका लागि एकपछि अर्को लगानी गर्दै आएको कर्मचारी सञ्चयकोषले तामाकोशी पाँचौँमा १२ अर्ब रुपैयाँ ऋण उपलब्ध