इलेक्ट्रिसियन र पेन्टरको ज्याला सर्वाधिक

३२ असार २०७१, बुधबार १९:१० मा प्रकाशित

काठमाडौं, ३२ असार । चालु आर्थिक वर्षमा ‘इलेक्ट्रिसियन’ र ‘पेन्टर’को ज्याला सर्वाधिक वृद्धि भएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको निर्माण क्षेत्रको लागत मूल्य सूचकाङ्कअनुसार बिजुलीको काम गर्ने र घर रङरोगन गर्ने मजदुरको ज्याला १ सय २८ प्रतिशतले बढेको छ । अधिक ज्याला पाउने तेस्रो सूचीमा ज्यामी काम गर्नेहरू परेका छन् ।
त्यसैगरी काठको मूल्यमा पनि भारी वृद्धि भएको छ । समीक्षा अवधिमा त्यसको मूल्य साढे तीन गुणाले बढेको सूचकाङ्कमा उल्लेख छ ।
निर्माण सामग्रीको मूल्य ७० प्रतिशतले बढेको तथा निर्माण मजदूरको ज्याला १ सय २८ प्रतिशतले वृद्धि भएको छ । ह्युम पाइप, जिआई पाइप, रोडाढुङ्गा, माटो र बालुवाको मूल्य पनि अनपेक्षितरुपमा बढेको छ ।
त्यस्तै औद्योगिक उत्पादनको मूल्य पनि १ सय १७ प्रतिशतबाट बढेर १ सय ३५ प्रतिशतमा पुगेको छ । औद्योगिक क्षेत्रको उत्पादकत्वको मूल्य सूचकाङ्कले पनि सबैतिर मूल्यवृद्धि भएको देखाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै