तीन जिल्लामा आकस्मिक खाद्य सुरक्षा कार्याक्रम लागु हुने

८ जेष्ठ २०६९, सोमबार ०९:२१ मा प्रकाशित

काठमाडौ, ८ जेठ । मध्यपश्चिमका ३ ओटा पहाडी जिल्लामा आकस्मिक खाद्य सुरक्षा कार्यक्रम लागु हुने भएको छ । गत बर्षको प्राकृतिक प्रकोपका कारण खाद्यान्न बाली न्युन उत्पादन भएका र उच्च खाद्य असुरक्षित जाजरकोट , रुकुम र सल्यान जिल्लाका केही गाविसमा उक्त कार्याक्रम लागु हुने भएको हो । कृषि मन्त्रालय केन्दिय आपतकालिन उद्धार कोष र एफ ए ओ को सहयोगमा सरकारले यही जुन देखी डिसेम्वर सम्मका लागी भोकमरी पिडित कृषकहरु विउ विजन र तरकारी खेतीमा आवश्यक सहयोग गर्ने कार्यक्रमका प्रमुख डा. मीननाथ पौडेलले जानकारी दिनुभयो । कार्यक्रमले  ३ जिल्लाका १५ हजार घरधुरीलाई गहुँको वीउ र तरकारी खेतीमा सहयोग गरी खाद्यान्न उत्पादनमा बृद्धि गर्ने उद्देश्य राखेका छौ प्रमुख पौडेलले भन्नुभयो ।
यसैबीच जिल्ला खाद्य सुरक्षा अनुगमण सञ्जालको बैठकले कार्याक्रम लागु गर्न जाजरकोटका ९ ओटा गाविस छनौट गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाका रग्दा, भगवति, नायकवाडा , रोकायगाँउ , अर्छानी , टालेगाँउ , पजारु , मजकोट र जगतिपुर गाविसमा आउदो पुस महिना सम्मका लागी कार्याक्रम संचालन हुने छ । करीव ७ महिना सम्म लागु हुुने कार्याक्रमबाट उन्नत वीउ उत्पादन र खाद्यन्न उत्पादनमा बृद्धि गरि भोकमरी न्युनिकरण गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । यसको लागी करीव ४ करोड रुपैया लगानी गरिने प्रमुख पौडेलले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

डोटी । कोरोना भाइसको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका

चितवन- नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । चितवनको कालिका नगरपालिका-९ मा रहेको

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ

काठमाडौं । नेपालमा प्रायः सबै उपभोग्य सामग्रीको बजार मूल्यमा एकरुपता पाइँदैन । नियमित बजार अनुगमन नहुँदा भान्सामा नभइ नहुने चिनीको