‘आवेग’मा आर्यनको एक्सन भूमिका

३२ असार २०७१, बुधबार १४:२९ मा प्रकाशित

काठमाडौं । चलचित्रको लगातार असफलतापछि निरास बनेका नायक आर्यन सिग्देललाई ‘नोभेम्बर रेन’ले भने केही हदसम्म राहत दिएको छ । ‘नोभेम्बर रेन’मा आर्यनको लगानी छ ।
आफ्नै लगानीको ‘नोभेम्बर रेन’ले राम्रो ब्यापार गरेपछि आर्यनप्रति निर्माता, निर्देशकहरू मोडिन पुगेका हुन् ।
चलचित्रको सफलतासँगै निर्मातामा आएको आर्यनप्रतिको सकारात्मक सोँचले अहिले उनी भटाभट चलचित्र पाउन थालेका छन् ।
यस्तैमा आर्यनको अभिनय रहने अर्काे एक चलचित्र ‘आवेग’ पनि मंगलबारबाट बिधिवत रुपमा सुरु भयो । भैँसेपाटीस्थित कार्यबिनायक मन्दिरमा पुजा गरेर चलचित्रको सुरु गरिएको हो । बसन्त निरौलाको निर्देशन रहने चलचित्रमा आर्यनको एक्सन भूमिका रहने छ । उनको अपोजिट भूमिकामा अर्चना गेलाल देखिने छिन् ।
केही चलचित्रमा गरेको नृत्यका कारण आइटगर्लका रुपमा चिनिएकी अर्चनाको यो चलचित्रमा पनि आइटम गीत रहने छ ।
आगामी साउन १५ गतेबाट छायाँनमा जाने ‘आवेग’ यमन म्युजिक र वी.एन. फिल्मस्को प्रस्तुतिमा बन्न लागेको हो । चलचित्रमा आर्यन र अर्चनाका अलवा पवित्रा आचार्य, धु्रब दत्त, रमेश बुढाथोकी आदिको मुख्य अभिनय रहने छ ।
सूर्य कार्की प्रस्तुतकर्ता रहेको चलचित्रको छायाँकन अर्चनाको आइटम गीतबाट गर्ने निर्देशक बसन्तले बताए । आइटमा अर्चनाले अहिलेसम्मकै कामुक नृत्य गर्ने तयारी गरेकी छिन् ।
पुरुषोत्तम प्रधानले छायाँकन गर्ने ‘आवेग’ धनसिंह केसी र राजेन्द्र घिमिरेको संयुक्त लगानी रहने छ । चलचित्रमा अष्ट महर्जनको द्वन्द्व निर्देशन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार

काठमाडौं । गायिका एलिना चौहानको ‘हावामा फैलियो मधुरो गीत’ बोलको गीत सार्वजनिक भएको छ । प्रगति देवकोटाको शब्द तथा सञ्जीव

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारीकै