ब्रोडसिट दैनिकमा कार्यरत पत्रकार अवस्था दैनिय

३२ असार २०७१, बुधबार १४:२७ मा प्रकाशित

काठमाडौं, ३२ असार । राजधानीबाट प्रकाशित हुने ब्रोडसिट दैनिकका अधिकांश श्रमजीवी पत्रकार, कर्मचारी र कामदार करारमै कार्यरत रहेको एक तथ्याङ्कमा उल्लेख छ ।
न्यूनतम पारिश्रमिक अनुगमन उपसमितिद्वारा उपत्यकाबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिकाहरुमा गरिएको एक अध्ययनले सो तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।
न्यूनतम पारिश्रमिक निर्धारण समिति मातहतको उक्त उपसमितिको प्रतिवेदनअनुसार कतिपय दैनिक पत्रिकाले नियुक्ति पत्र नदिई काममा लगाएको, न्यूनतम पारिश्रमिकसमेत उपलब्ध नगराएको र समयमा तलब नदिएको देखिन्छ ।
प्रतिवेदनको तथ्याङ्क हेर्ने हो भने निजी क्षेत्रको अग्रणी दैनिक पत्रिका कान्तिपुर र द काठमाडौं पोस्टमा कार्यरत जम्मा एक हजार १३ पत्रकार, कर्मचारी र कामदारमध्ये ५ सय ९१ जना करारमै कार्यरत रहेका छन् ।
त्यसैगरी नागरिक दैनिक र रिपब्लिकामा कार्यरत जम्मा ६ सय ७९ पत्रकार, कर्मचारी र कामदारमध्ये ५ सय ३० जना करारमै कार्यरत देखिन्छन् ।
अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत १ सय ५६ पत्रकार, कर्मचारी र कामदारमध्ये १ सय १० जना करारमा कार्यरत छन् । नयाँ पत्रिका दैनिकमा कार्यरत ४९ पत्रकार र कर्मचारीमध्ये ३९ अस्थायी र करारमा कार्यरत रहेको प्रतिवेदनले जनाएको छ ।
त्यस्तै राजधानी दैनिकमा कार्यरत ५९ जना, कमाण्डर पोस्ट दैनिकमा कार्यरत ४५ जना र हिमालय टाइम्स दैनिकमा कार्यरत ९६ जना पत्रकार र कर्मचारीमध्ये सबै अस्थायी र करारमा कार्यरत रहेका प्रतिवेदनमा उल्लेख छ ।
अभियान दैनिकमा कार्यरत १ सय ८ जनामध्ये ५८ जना अस्थायी र करारमा, कारोबार दैनिकमा कार्यरत ९० जनामध्ये ५० जना अस्थायी र करारमा छन् भने द हिमालय टाइम्स दैनिकमा कार्यरत ८६ मध्ये ६ जनामात्र करारमा कार्यरत छन् ।
उपसमितिको सो अनुगमनमा सरकारी क्षेत्रको गोरखापत्र र निजी क्षेत्रको नेपाल समाचार पत्रले भने पत्रकार र कर्मचारी दरबन्दीसम्बन्धी कुनै पनि विवरण बुझाएको देखिँदैन ।
यसबाहेक कतिपय दैनिक पत्रिकामा व्यवस्थापन र श्रमजीवीसँग गरिएको अन्तक्र्रिया, पेस गरेको कागजात र अनुगमनका समयमा दिइएका जवाफमा भिन्नता भेटिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका

बुटवल । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित दुई जना

जिल्लाको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–११

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न