म्याद भित्रै संविधान जारी गर्न प्रमुख दलका शिर्ष नेतालाई राष्ट्रपतिको आग्रह

८ जेष्ठ २०६९, सोमबार ०९:१४ मा प्रकाशित

काठमाडौ, ८ जेठ । राष्ट्रपति डा रामबरण यादवले संविधान जारी गर्ने निर्धारित समय छ दिन मात्रै बाँकी रहँदा राष्ट्रपति डा रामबरण यादवले संविधान सभाको म्याद पुन थप नगरी आगामि जेठ १४ गते भित्रै संविधान जारी गर्न मधेसी मोर्चा सहित तीन दलका शिर्ष नेताहरुसँग आग्रह गरेका छन् ।
संविधान जारी गर्ने समय एक साता भन्दा कम रहेको बेला दलहरुवीच विवाद कायमै रहेपछि चिन्तित भएका राष्ट्रपति डा रामबरण यादवले मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा अहिले मधेसी मोर्चा सहित चार दलका शिर्ष नेताहरुसँग छलफल गरेका हुन ।
शितल निवासमा भएको छलफलमा राष्ट्रपतिले विवादित विषयमा आज भोली नै सहमति खोज्न आग्रह गर्दै सहमतिकोलागी आ आफ्नो अडानबाट लचक भएर प्रस्तुत हुन दलहरुलाई सुझाव दिएका थिए । राष्ट्रपतिले कुनै एक दलले भने जस्तो संविधान बन्न सक्ने सम्भावना कम रहेको तर्फ सचेत गराउँदै सम्झौताको संविधानकालागी लचक भएर सहमति गर्न सुझाव दिएका थिए ।
शिर्ष नेताहरुले संविधान निर्माण कार्य र सहमतिका प्रयासका विषयमा राष्ट्रपतलिाई जानकारी गराउँदै छिट्टै सहमति बनेर जेठ १४ मै संविधान जारी हुने विश्वास ब्यक्त गरेका थिए ।
यसैवीच पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री डा बाबुराम भट्टराई अहिले राष्ट्रपति डा रामबरण यादवलाई जानकारी गराईरहेका छन् । राष्ट्रपतिलाई व्रिफिङ गर्न प्रधानमन्त्री शितल निवास पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।