बन्दको दोस्रो दिन पनि जनजीवन प्रभावित, विरोधमा फोरह फाल्न अवरोध

८ जेष्ठ २०६९, सोमबार ०९:११ मा प्रकाशित

काठमाडौ, ८ जेठ । पहिचान सहितको संघीयताको मागगर्दै आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आह्वान गरेको बन्दको दोस्रो दिन पनि राजधानी काठमाडौं लगायत देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सडकमा कुनै पनि सवारीका साधन चलेका छैनन् भने बन्दकर्ताहरु सडक र चौकहरुमा निस्किएका छन् । हिजोको तुलनामा आज थोरै मात्र तोडफोडका घटना भएको प्रहरीले जनाएको छ । सङ्घर्ष समितिले बन्दकोक्रममा प्रेस, एम्बुलेन्स, शववाहन, लगायतका अत्यावश्यकीय सवारीका साधनलाई निर्वाध रुपमा सञ्चालन हुन दिन आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ । पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासन लगाएतको मागगर्दै सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले भोलिसम्मको लागि बन्दको आह्वान गरेका छन् ।
यता जनजाति महासंघले आवहान गरेको वन्दको क्रममा आज विहान कावासोती जंगलमा एक मोटरसाइकलमा आगजनि गरीदिएका छन् । प्रगतिनगर वाट कावासोती तर्फ आउदै गरेको ना १८ प ७९ २५ नम्वरको मोटरसाइकललाइ फलफुल चोक देखी केहि पुर्व तर्फ जंगलमा वसेका वन्द कर्ताहरुले मोटरसाइकलमा आगजनि गरीदिएका हुन् । जगंलमा लुकि वसेका करिव १२ –१५ जना को समुहले प्रगतिनगर वाट कावासोती तर्फ औषधिलिन आउदै गरेका प्रगतिनगर ३ का धु्रव कुमार श्रेष्ठ को सुपर स्पेलन्डर मोटरसाइकलमा आगजनि गरि धोस्त पारीदिएका छन् ।

यसैवीच आज विहान राजधानीको बालाजुमा बन्दकर्ता र प्रहरीवीच झडप भएको छ । झडपको क्रममा दुई जना प्रर्दशनकारी घाईते भएको प्रहरीले जनाएको छ । बन्दकर्ताले सुन्धारमा एक मोटरसाईकमा आगजनी गरेका छन् ।
यता जातीय राज्यको विरोधमा राजधानीको फोहर फाल्ने डम्पीङ साईट नुवाकोटका बासिन्दाका बासिन्दाले २५ वटा फोहर लिएर गएको ट्रक रोकेर अवरोध गरेका छन् । राजधानीको ओखरपौवामा फोहर फाल्न लगेको ट्रक स्थानीयले तिन पिप्लेमा रोकेर राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल