एमाले अध्यक्षमा केपी ओली निर्वाचित

३१ असार २०७१, मंगलवार २१:३७ मा प्रकाशित

काठमाडौं, ३१ असार । नेकपा एमालेको अध्यक्षमा पार्टी संसदीय दलका नेता समेत रहेका केपी शर्मा ओली विजयी भएका छन् । पार्टीका बरिष्ट नेता माधवकुमार नेपाललाई ३९  मतले पछि पार्दै ओली एमालेको अध्यक्षमा निर्वाचित भएका हुन् । यस अघि आठौं महाधिवेशनमा झलनाथ खनालसँग एक सय १७ मतले पराजित भएका ओली यसपटक झिनो मतको अन्तरमा बिजयी हुन सफल रहे । ओलीले १०४७ मत पाएका छन् भने नेपालले १००३ मत पाएका छन् ।

त्यस्तै महासचिवमा ओली प्यानलका ईश्वर पोखरेल विजयी भएका छन् । कठिन प्रतिस्पर्धामा उनले माधव पक्षका सुरेन्द्र पाण्डेलाई मात्र ६ मतले पछि पारे । पोखरेलले १०३६ मत पाएका छन् भने पाण्डेले १०३० मत पाएका छन् ।

त्यसैगरी उपाध्यक्षमा ओली प्यानलका वामदेव गौतम र विद्या भण्डारी विजयी भएका छन् भने नेपाल पक्षका भीम रावलसँगै अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली विजयी भएका छन् ।

उपमहासचिवमा दुबै प्यानलका एक एक जना विष्णु पौडेल र नेपाल पक्षका घनश्याम भुसाल विजयी भएका छन् । सचिवमा भने नेपाल पक्षका गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य र ओली पक्षका प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रबाट हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिका सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । एकतीस वर्षदेखि टेक्सस राज्यको

हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको