चितवनमा बाढीले धानबालीमा क्षति

३१ असार २०७१, मंगलवार २०:३० मा प्रकाशित

चितवन, ३१ असार । लगातारको वर्षापछि आएको बाढीले पश्चिम चितवनको माडीमा ३०० बिघा क्षेत्रफलमा लगाएको धान बालीमा क्षति पु-याएको छ ।
मुगई खोलामा आएको बाढीले बघौडा र गर्दी गाविसमा लगाएको धानबालीमा क्षति पु-याएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
माडी क्षेत्रमा बाढीले धानखेती नष्ट गरे पनि जिल्लाको अन्य ठाउँमा पर्याप्त वर्षा नहुँदा रोपाइँ हुन सकेको छैन । असार महिनाको अन्त्य हुन लाग्दा चितवनमा ४० प्रतिशतमात्र रोपाइँ भएको छ ।
पूर्वी क्षेत्रमा रोपाइँ बढी मात्रामा भएपनि पश्चिम क्षेत्रमा रोपाइँ हुन नसकेको कार्यालयले जनाएको छ ।
चितवनमा खेतीयोग्य जमिन ४६ हजार ८९४ भएपनि ४४ हजार २९१ क्षेत्रफलमा मात्र खेती हुने गरेको कार्यालय प्रमुख राजाराम अधिकारीले जानकारी दिए ।
धानखेती हुने १२३ हेक्टर क्षेत्रफलमा केराखेती र मत्स्यपालन हँदैआएको कार्यालयले जनाएको छ । गत वर्ष चितवनमा २९ हजार ५५० क्षेत्रफलमा धानखेती भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति