तीन वर्षदेखि पेटमा खप्पर

३१ असार २०७१, मंगलवार १७:२० मा प्रकाशित

सुर्खेत, ३१ असार । बाँच्न कसलाई रहर हँदैन र ? हुन त बाँचेर पनि आफू बाँचेको थाहा नपाएरै बाँच्नुको के अर्थ । तर आफन्तप्रतिको कति धेरै माया हुन्छ मान्छेमा । यही मायाका कारण अर्धचेत अवस्थामा बाँचिरहेका पर्वत तिलाह–७ का कमल खत्रीलाई बचाउन उनका दाइ प्रकाश अहिले मेची–महाकालीको यात्रा तय गरी सहयोग मागिरहेका छन् ।
२०६८ साउन ११ गते मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका कमलको उपचारमा अर्थाभाव भएपछि दाइ प्रकाश सहयोगको याचना गर्दै महाकाली र सेती अञ्चलका जिल्ला सकेर सुर्खेत आइपुगेका छन् ।
रकम अभावका कारण उपचारका क्रममा पेटमा राखिएको कमलको खप्पर (टाउकाको हड्डी) अझै पनि टाउकोमा राख्न नसकिएको प्रकाशले बताए । कमलको टाउकोमा गम्भीर चोट लागेकाले गिदी भर्न उनको खप्पर पेटमा राखिएको हो । उपचारका लागि कमललाई डा. उपेन्द्र देवकोटाको न्यूरो बाँसबारी अस्पतालमा पु¥याएपछि खप्पर निकालिएको थियो ।
खप्पर निकालेर सुरुमा केही समय आइसियुमा राखिएको र त्यसपछि उनकै पेटमा राखिएको दाइ प्रकाशले बताए ।
दुर्घटना हुने बित्तिकै सुरुमा गण्डकी अञ्चल अस्पताल पोखरामा उपचारका लागि पु¥याइएका कमललाई न्यूरो बाँसबारीमा पठाइएको थियो । अहिले अर्धचेत अवस्थामा रहेका कमललाई पूर्णचेतना भएको देख्न चाहेकाले आफूले आर्थिक सहयोगको याचना गर्दै हिँडेको उनका दाइ प्रकाशले बताए ।
‘‘डाक्टरका अनुसार खप्पर टाउकोमा राखिए उसको शरीर चल्छ,’ प्रकाशले भने, ‘खप्पर राख्न नौ लाख चाहिने भएपछि मैले सहयोग जुटाउन थालेको हुँ ।’ यसअघि उपचारका क्रममा १९ लाख रकम खर्च भएको र त्यसमा पाँच लाख नेपाल सरकारले ब्यहोरेको हो ।
चार लाख रकम भने यसअघिकै बाँकी रहेकाले अस्पतालले कमललाई एक वर्ष अगाडि अस्पतालबाट घर फर्काइदिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद

सिओल । बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टको परिवारलाई सुदूरपश्चिम समाज कोरियाले रु दुई लाख ८३ हजार ५०० आर्थिक सहयोग