विवादित विषयमा सहमति खोज्न प्रमुख दलहरुको बैठक आज बस्ने

८ जेष्ठ २०६९, सोमबार ०९:०२ मा प्रकाशित

काठमाडौ, ८ जेठ । संघीय राज्य लगायत अन्य विवादित विषयमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ । आज हुने छलफलमा संघीय राज्यको सङ्ख्या, शासकीय स्वरुपमा शक्ति बाँडफाँड एवम् नागरिकताका विषयमा छलफल हुने एक नेताले जानकारी दिएका छन् । जेठ १४ पछिको अवस्थाको बारेमा समेत दलहरुले छलफल सुरु गर्ने बताइएको छ । राज्य पुनर्संरचना गर्दा ११ प्रदेश बनाउने जेठ २ गते राति सहमति भएको भए पनि एकीकृत माओवादी र सरकारले ११ प्रदेश बनाउने सहमतिलाई प्रारम्भीक रहेको भनेपछि दलहरुबीचको दुरी बढेको छ । मधेसवादी दल, आदिवासी र जनजातिहरुको विरोधपछि प्रधानमन्त्री डा बाबुराम भट्टराईले गएको शुक्रबार संसदको बैठकमा दलहरुबीच भएको सहमति अन्तिम नभएको बताएपछि अवरुद्व व्यवस्थापिका संसदको बैठक सुचारु एको थियो । सत्ताधारी दलहरु नेपाली काङ्ग्रेस र नेकपा एमालेले भने सहमतिबाट माओवादी पछि हटेकोभन्दै असन्तुष्टि जनाउँदै आएका छन् । आजको प्रमुख दलहरुको बैठकमा संघीय राज्यको संख्या र सीमाङकनको बारेमा पनि छलफल हुनेछ । हिजो बस्ने भनिएको प्रमुख दलहरुको बैठक आदिवासी जनजातिहरुको बन्दका कारण स्थगित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका