‘सभासदलाई दुव्र्यवहार भो सभामुख ज्यू’

३१ असार २०७१, मंगलवार १५:५५ मा प्रकाशित

काठमाडौं, ३१ असार । व्यवस्थापिका–संसदको यही असार २९ गते बैठकमा प्रवेशका क्रममा सभासद् अनिता परियारमाथि दुव्र्यवहार भएको विषयमा संसदमा आवाज उठेको छ ।
बैठकमा समय माग गर्दै आज एमाओवादीका सभासद् रेखा शर्माले आफूलाई पत्रकार बताउने खेमप्रसाद गैरेले अपशब्द प्रयोग गरी परियारलाई अपमान गरेको बताइन् ।
‘विकसित नेपाल’ नामक पत्रिकाका पत्रकार गैरेले प्रवेश पास नभएको भन्ने विषयलाई लिएर सभासद् परियारलाई अपशब्द प्रयोग गरेको भन्दै शर्माले कारबाहीको माग गरिन् ।
तत्पश्चात् सभामुख सुवास नेम्बाङले त्यस्तो व्यवहार भएको थाहा पाएपछि संसद् सचिवालयको सुरक्षा संयन्त्रले गैरेलाई नियन्त्रणमा लिई बयान लिएको बताए । बयानका क्रममा आफूले त्यस्तो अपमानजनक कार्य नगरेको भन्दै पत्रकार गैरेले आफूसँगै आएका केही व्यक्तिले त्यस्तो गरेको भनी माफी मागेको जानकारी नेम्बारङले सदनलाई गराए ।
यस्तै राप्रपाका सभासद विक्रम पाण्डेले चितवनको माडीका बासिन्दालाई जङ्गली जनावारको आतङ्क भएकाले त्यसतर्फ रोकथामका लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी