‘सबैको चित्त बुझाएर अघि बढ्नुपर्ने बाध्यता’

३१ असार २०७१, मंगलवार १४:४८ मा प्रकाशित

काठमाडौं, ३१ असार । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेस, एमालेलगायतका दलहरू मिलेर सरकार गठन गरेकाले सबैको चित्त बुझाएर अघि बढ्नु पर्ने बताएका छन् ।
काभ्रेको पाँचखाल नगरपालिकाको प्रथम नगरपरिषद बैठकमा मन्त्री सिंहले सबैलाई चित्त बुझाउनु पर्ने भएकाले सोहीअनुसार बजेट ल्याइएको बताए । ‘सरकारमा धेरै दलहरू छन्,’ उनले भने, ‘सबैका कुरा समेट्नुपर्ने बाध्यता छ । तै पनि बजेट राम्रो आएको छ ।’
बजेटलाई लिएर विभिन्न खालका टिकाटिप्पणी भइरहेका बेला उपप्रधानमन्त्री सिंहले बजेटको बचाउ गरेका हुन् ।
उनले मुलुकलाई राजनीतिक सहमतिका साथ अघि बढाउनु पर्ने भएकाले पनि बजेटमा सबैलाई समेटिएको दाबी गरे । नयाँ संविधान, विकास र जनताका अपेक्षाहरू पुरा गर्न दलहरुका वीच मिल्नु पर्ने बाध्यता रहेको उनले बताए । ‘सबै मिलेर मुलुकलाई अघि बढाउनु पर्छ,’ उनले भने, ‘सहमति र सहकार्यको बाटोलाई नेताहरूले भुल्नु हुँदैन ।’
त्यसै गरी मन्त्री सिंहले सरकारले थप नयाँ नगरपालिकाहरू घोषणा गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिए । ‘थप केही नगरपालिकाहरू घोषणाको अन्तिम तयारीमा छौँ,’ उनले भने, ‘छिट्टै बस्ने मन्त्रिपरिषद बैठकले निर्णय गर्ने छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका