आज पनि संसद र संविधानसभाको बैठक तर बस्ने नबस्ने अनिश्चित

८ जेष्ठ २०६९, सोमबार ०९:०० मा प्रकाशित

काठमाडौ, ८ जेठ । व्यवस्थापिका संसद र संविधानसभाको बैठक आज पनि बोलाइएको छ । हिजोको लागि बोलाइएका दुवै बैठक आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिको बन्दका कारण स्थगित गरिएको थियो ।  दिउँसो तीन बजेपछि सुरु हुने संसद बैठकमा सरकारको तर्फबाट विभिन्न विधेयकहरु पेस हुने र त्यसबारेमा छलफल हुने संसद सचिवालयले जनाएको छ । संसद बैठक लगत्तै संविधानसभा बैठक बस्नेछ । यद्यपी दलहरुबीच ठोस सहमति नभएका कारण आजको संविधानसभाको बैठक बस्ने वा नबस्ने टुङ्गो लागेको छैन । नयाँ संविधान जारी गर्नका लागि ६ दिन मात्रै बाँकी रहे पनि प्रमुख तीन दल र मधेसी मोर्चाबीच जारी राज्यपुनर्सरचनाको विवाद मिल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस