चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्री भेटवार्ता

३१ असार २०७१, मंगलवार १३:०२ मा प्रकाशित

फोर्टालेज (ब्राजिल), ३१ असार । चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मङ्गलबार ब्राजिलमा भेटघाट भएको छ ।

ब्राजिलमा सुरु हुन गइरहेको ब्रिक्सको बैठकमा गएका उनीहरूबीच मङ्गलबार बिहान भेटवार्ता भएको हो ।

उनीहरूले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा सीमा सम्बन्धी समस्यालाई दुवै देशको सहमतिमा हल गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।

बैठक आजदेखि ब्राजिलमा सुरु हुँदैछ । भोलिसम्म सञ्चालन हुने सो बैठकमा ब्रिक्समा आवद्ध देशहरुको सहभागिता रहेको छ ।

भेटका अवसरमा उनीहरूले एसियाका दुई ठूला अर्थतन्त्रकाबीच आगामी दिनमा विकास साझेदारी अपनाउनुका साथै सम्बन्धलाई थप प्रगाढ बनाउने दिशामा विभिन्न कदम चालिने पनि बताएका थिए ।

ब्रिक्स उदयीमान अर्थतन्त्र भएका पाँच देशको संगठन हो । सो संगठनमा ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका रहेका छन् ।

मङ्गलबारबाट सुरु हुन लागेको सो संगठनको यो छैठौँ बैठक हो । बैठकमा सहभागिताका लागि ती देशका सरकार तथा राज्य प्रमुखहरुको सहभागिता छ । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले

सिओल । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण

दक्षिण एशियाली मुलुक भुटानमा राज्यविरुद्ध षड्यन्त्र गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको छ । भुटानका प्रधानन्यायाधीश, सेना प्रमुख र शीर्ष