राना थारु समुदाय फेरी आन्दोलनमा

८ जेष्ठ २०६९, सोमबार ०८:५७ मा प्रकाशित

कन्चनपुर, ८ जेठ । अखण्ड सुदूरपश्चिमको पक्ष र विपक्षमा लगातार भईरहेको बन्दले जनजिवन प्रभावित भएको भन्दैं आन्दोलनको कार्यक्रम स्थगित गरेको रानाथारु संयुक्त संघर्ष समितिले फेरी आन्दोलनको घोषणा गरेको छ । रानाथारु समुदायले आफूहरु बसोबास गर्ने भूगोल भित्रको कैलाली र कञ्चनपुरलाई ‘रानाथारु स्वायत्त प्रदेश’ घोषणा गरिनुपर्ने माग गर्दै आन्दोलनको घोषणा गरेको हो । आन्दोलनका कार्यक्रमअन्र्तगत आज र भोली दुई दिन कैलाली र कञ्चनपुर बन्द, १० गते कैलालीको धनगढीमा बृहत जनप्रदर्शन र ११ गतेदेखि अनिश्चितकालीन कैलाली र कञ्चनपुर बन्द गरिने संघर्ष समितिका सचिव कृपाराम रानाले जानकारी दिनुभयो । समितीले रानाथारु जातिलाई अविलम्ब सूचीकृत गरिनुपर्ने, रानाथारुको भूगोल कैलाली र कञ्चनपुरलाई ‘रानाथारु स्वायत्त प्रदेश’ घोषणा गर्नुपर्ने । सो स्वायत्त प्रदेशका रानाथारु जातिलाई स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारमा सामाजिक, राजनीतिक, सांस्कृतिक एवम् आर्थिक अग्राधिकार आरक्षणको ग्यारेण्टी गरी आत्मनिर्णयको अधिकारको सुनिश्चितता गरिनु पर्ने माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस