सरकार र आन्दोलनरत जनजातिहरुवीच बार्ता

८ जेष्ठ २०६९, सोमबार ०८:५७ मा प्रकाशित

काठमाडौ, ८ जेठ । नेपाल सरकार र जातीय पहिचान सहितको संघीय राज्यको माग गरेर बन्दमा उत्रिएको आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिवीच आज बार्ता हुँदैछ । अहिले केही समयपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने वार्तामा आदिवासी जनजातिहरुले उठाएको मागको बारेमा छलफल हुनेछ । सङ्घर्ष समितिसँगको वार्तामा प्रमुख दलका शीर्ष नेताहरुको समेत सहभागिता रहने बताइएको छ । जातिय पहिचान सहितको संघीय राज्य हुनुपर्ने माग गरेको महासंघले हिजोदेखि तीनदिने आन्दोलनको घोषणा गरेको छ । सरकारसँगको वार्तामा आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखी, आदिवासी जनजाति सङ्घर्ष समिति संयोजक सुरेश आलेमगर, सङघर्ष समितिका महासिचिव पर्शुराम तामाङ, सदस्य मल्ल के सुन्दर लगायतले सहभागिता जनाउँदै हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षलाई धेरै प्रतीक्षा गर्न उचित नहुने बताएका छन् । शुक्रबार पार्टी