पुरै चलचित्रमा स्याली भगतको एउटै ड्रेस

३१ असार २०७१, मंगलवार ०७:०६ मा प्रकाशित

मुम्बई । ‘द ट्रेन’, ‘हल्ला बोल’ र ‘पेइङ गेस्ट’ जस्ता चलचित्र अभिनयबाट दर्शकको मन लोभ्याउन सफल बलिउड नायिका स्याली भगत पुरै चलचित्रमा एउटै ड्रेसमा देखिँदै छिन् ।
केही समयको अन्तरालपछि पर्दा देखिन लागेकी स्यालीले चलचित्र ‘होमस्टे’को पुरै दृश्यमा एकै पहिरन प्रयोग गरेकी छिन् । चलचित्रमा एकरातको बिषय बस्तु समेटिएकाले पनि उनले एउटै पहिरन प्रयोग गरेकी हुन् ।
चलचित्र कन्नई, तमिल र बलिउड गरी तीन भाषामा एकैसाथ रिलिज हुने छ । स्यालीले चलचित्रमा एकसेएक हट दृश्य पनि दिएकी छन् ।
मोडलिङबाट अभिनय करियर सुरु गरेकी स्याली मिस इन्डियाकी बिजेता पनि हुन् । बलिउडमा करियर बनाउन सौन्दर्य प्रतियोगिताका बिजेता मध्य स्याली पनि एक हुन् । सन् २००७ मा निर्मित ‘द ट्रेन’ चलचित्रबाट अभिनयमा डेब्यु गरेकी स्यालीद्वार अभिनित दर्जनौ चलचित्र सार्वजनिक भएका छन् ।
ति कतिपय चलचित्रमा स्यालीले मुख्य तथा कतिपयमा सहायक भूमिका निर्वाह गरेकी छिन् । मिस इन्डिया बनेपछि अभिनय करियर सुरु गरेकी स्याली बलिउडमा सफलता हासिल गर्न नसकेपछि दक्षिण भारतीय चलचित्र तिर लागेकी थिइन् ।
सोँचे जस्तो सफलता पाउन नसकेपछि उनले विवाह गरेर घरजम थरेकी छन् । दिल्लीका एक ब्यवसायी नवनीत प्रताव सिंह यादवसँग वैवाहिक सम्बन्ध बनाएपछि स्यालीले केही चलचित्र अभिनय गरिनन् । तर ति चलचित्रले उनको करियरमा कुनै छाप छोड्न सकेनन् ।
गतवर्ष हिन्दी चलचित्र ‘राजधानी एक्सप्रेस’ देखिएकी स्यालीले यसवर्षको ‘यारिया’बाट भने रामै्र सफलता हात पारिनन् । उनी अब तीन भाषाको चलचित्रमा देखिँदै छिन् । जुन चलचित्र बलिउडमा सफल हुने धेरैले आस गरेका छन् । – एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार