निर शाह एक महिना घरमै बस्ने

३१ असार २०७१, मंगलवार ०७:०४ मा प्रकाशित

काठमाडौं । एकसाताको अस्पताल बसाइपछि घर फर्किएका निर्माता, निर्देशक तथा कलाकार निर शाह एक महिना घरबाहिर निस्कन नपाउने भएका छन् ।
अस्पतालबाट डिस्चार्जको समयमा डाक्टरले एकमहिना बाहिर निस्कन आफूलाई बन्देज लगाएको शाहले बताए । उनले अहिले धुम्रपान समेत छाडेका छन् । शाहले बिना नुनको खाना खाने गरेका छन् ।
‘अस्पताल पुग्न पच्चीस मिनेटमात्रै ढिला भएको भए म मर्नेथिए,’ शाहले हार्ट अट्याकको दिन सम्झिए । ‘यो तेश्रो पटक हार्ट अट्याक हो,’ शाहले भने, ‘बिहीबार बेलुकी पनि मलाई एक पटक अट्याक भयो । त्यो रामदेवको योगा गरेर निको पारे । फेरि शुक्रबार अर्काे अट्याक आयो त्यो हेलचक्र्याइ गरे ।’
शनिबार छातीमा फलाम छिरे जस्तो भएपछि श्रीमती, गोविन्द तिमिल्सना (सहयोगी)को मद्दतले अस्पताल पुगेको उनले खुलाए । ‘शनिबार बाटो खुल्ला हँुदा बेलैमा अस्पताल पुगे र बाँचे,’ उनले भने, ‘अस्पतालमा आफैले अक्सिजन मागे त्यसपछि म बेहोस भएछु केही थाहा भएन ।’
पहिलै देखि धुम्रपान गर्ने बानी परेका शाहले ‘सेतो बाघ’ निर्माणको समयमा अत्यधिक धुम्रपान गरेकाले हार्ट अट्याक समस्य देखिएको सुनाए ।
‘मुटुमा कतै सानो चस्को पर्दा पनि अस्पताल आएर जचाउँने गर्नु’ भन्ने डाक्टरले दिएको सल्लाह शाहले भुलेका छैनन् । भने ‘हार्ट अट्याक शत्रुलाई पनि नहोस् । यसको पिढा भोग्न निकै कठिन हुँदोरहेछ ।’
६० नाघेका शाहलाई डक्टरले नुन बिनाको खानेकुरा खान सुझाव दिएका छन् । ‘खानाखान मन लाग्दैन । नुन बिनाको स्वाद के होला र ?,’ शाहले प्रश्न गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार