सर्पदंशका बिरामीको सङ्ख्यामा वृद्धि

३० असार २०७१, सोमबार २०:२० मा प्रकाशित

काठमाडौं, ३० असार । पछिल्लो समय काठमाडौंमा सर्पले टोकेका (सर्पदंशका) बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालमा केही सातायता सर्पदंशका बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि देखिएको हो ।
अस्पतालको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६९/०७० मा २४८ जना सर्पदंशका बिरामी देखिएका थिए भने यो आर्थिक वर्ष समाप्त नहुँदै ४ सय २० जना बिरामी भेटिएका छन् ।
अघिल्लो वर्ष जेठ सुरु भएसँगै सर्पदंशका बिरामी देखिने गरेको भए पनि यो वर्ष मनसुन ढिलो भएकाले असारको दोस्रो सातादेखि सो लक्षणका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका रिसर्च शाखाप्रमुख डा. शेरबहादुर पुनले जानकारी दिए ।
विश्वव्यापी तापक्रम (ग्लोबल वार्मिङ) को प्रभावका कारण उत्पन्न जलवायु परिवर्तनसँगै पछिल्लो तीन/चार वर्षयता राजधानीमा सर्पदंशका बिरामीको सङ्ख्या बढ्दै गएको डा. पुनले उल्लेख गरे ।
उनका अनुसार दिनको करिब १५/२० जना उक्त लक्षणका बिरामी उपचारका लागि आउने गरेका छन् । शङ्कास्पद बिरामी समयमै उपचारका लागि अस्पताल आइपुग्ने भएकाले अहिलेसम्म ठूलो खतरा नदेखिएको डा.पुनको भनाइ छ ।
सर्पदंशको उपचारका लागि पर्याप्त औषधि नआइपुगेकाले गत वर्ष जस्तै यो वर्ष पनि औषधि अभाव देखिने स्वास्थ्य सेवा विभाग (इपिडिमियोलोजी) तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले बताए ।
नेपालमा सर्पदंशको उपचारका लागि एन्टिस्नेक भेनम नामक औषधि भारतबाट आउने गरेको जानकारी दिँदै उनले भने, ‘भारतमा पनि यो वर्ष उक्त औषधि अभाव भएकाले बिरामीको सङ्ख्या बढ्दै गएका कारण ठूलो समस्या आउनसक्छ ।’
उनका अनुसार बिरामीको अवस्था हेरेर न्यूनतम दुई/तीन दिनदेखि १०/१२ दिनसम्म उपचार गर्नुपर्ने हुन्छ । समयमै उपचार गराएमा उक्त बिरामीलाई कुनै खतरा नहुने चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ