आदिवासी जनजातिहरूको बन्द आजका लागि स्थगित, पत्रकार आक्रमणको चौतर्फी भत्र्सना

७ जेष्ठ २०६९, आईतवार १८:५३ मा प्रकाशित

काठमाडौ, ७ जेठ । पहिचानसहितको सङ्घीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्द अघि ५ बजेदेखि स्थगित भएको छ । सङ्घर्ष समितिले आम नागरिकको जनजीवन सहज बनाउन ५ बजेदेखि आजका लागि बन्द लिएको जनाएको छ । बन्द कार्यक्रम समीक्षा र सरकारसँग वार्ताका विषयमा साझा धारणा बनाउन केही बेरमा सङ्घर्ष समितिको बैठक बस्ने तयारी भइरहेको महासचिव परशुराम तामाङले जानकारी दिनुभयो । सरकारले वार्ताका लागि आह्वान गरे पनि तीन मुख्य दलका नेताहरूसँग मात्रै वार्ता गर्ने आफूहरूको अडान रहेको तामाङले बताउनुभयो ।
बन्दका कारण आज देशभरको जनजीवन प्रभावित रह्यो । राजाधानीमा प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा सन्चारका साधनहरूमाथि तोडफोड गर्नुका साथै पत्रकारहरूलाई समेत कुटपीट गरेका छन् । बन्दकर्ताले सन्चारकर्मीको मोटरसाइकलसमेत जलाएका छन् ।  यसैबीच सन्चारकर्मीमाथि भएको दुव्र्यवहारको विभिन्न सङ्घ संस्थाले निन्दा गर्दै निर्वाध सूचना सङ्कलन गर्न कुनै अवरोध नगर्न आग्रह गरेका छन् ।
यसैबीच प्रेस काउन्सिल नेपालले विज्ञप्ति जारी गर्दै बन्द  हड्ताल जस्ता कार्यक्रमहरूले मुलुक मुठभेडतर्फ अगाडि बढेकोमा आफ्नो ध्यानाकर्षभएको जनाएको छ । सरकार र बन्दकर्ताहरूले संयम अपनाएर वार्ताका माध्यमबाट निष्कर्षमा पुग्न पनि काउन्सिलले आग्रह गरेको छ ।
यसैगरी बन्दका क्रममा आज कान्तिपुर पब्लिकेसन, कान्तिपुर टेलिभिजन, कान्तिपुर एमएम, एभिन्यूज टेलिभिजन, नागरिक दैनिक, इमेज टेलिभिजन, एफएम रेडियोलगायतका सञ्चार गृह र संस्थाका सवारी साधनमाथि भएको तोडफोड गर्ने कार्यको रिपोर्टर्स क्लब नेपालले विज्ञप्तिमार्फत् भत्र्सना गरेको छ । यस्ता गतिविधिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आँच पु¥याउने भएकोले तत्काल बन्द गर्न पनि अकोराबले आग्रह गरेको छ । अध्यक्ष ऋषि धमलाले जारी गर्नुभएको विज्ञप्तिमा हड्तालका क्रममा न्यूनतम मानवअधिकारका सिद्धान्त र नागरिकको सूचना पाउने अधिकारप्रति सजग र संवेदनशील रहन सम्बन्धित पक्षलाई अह्वान गर्दै आक्रमण र तोडफोडमा संलग्नहरुलाई तुरुन्त कारवाहीको दायरामा ल्याउन, पीडित पत्रकारलाई क्षतिपूर्ति दिन, सूचना संकलन तथा त्यसको प्रवाहका लागि उपयुक्त वातावरण निर्माण गर्न र आम नागरिकको शान्ति सुरक्षाको वातावरण मिलाउन सरकारलगायत सबै पक्षसँग आग्रह गरिएको छ ।

नेपाल पत्रकार महासङ्घले पनि विज्ञप्ति जारी गर्दै अधिकारका लागि भएको भनिएको आन्दोलनमा प्रेसजस्तो नागरिकलाई सुसूचित गराउने र विचार निर्माणमा सघाउने आमसञ्चारकर्मीलाई आक्रमण गर्नु र सञ्चारसंस्थाका सवारी साधनमा क्षति पु¥याउनु चिन्ताको विषय भएको जनाएको छ । महासचिव ओम शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा लोकतन्त्रविरोधी यस्ता क्रियाकलाप तत्काल सच्याउन माग गर्दै सरकारलाई आमसञ्चार क्षेत्रको सुरक्षामा विशेष ध्यान पु¥याउन र  घाइते पत्रकारहरुलाई उपचारको व्यवस्था मिलाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जनाको सांसद पद गुमेको छ । उनीहरुलाई प्रदेश सभा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको चुनाव गर्ने भएको छ । विहीबार

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन