प्रधानमन्त्रीको अभिव्यक्ति उत्तेजनापूर्ण भएको भन्दै जनजाति महासङ्घको आपत्ति

७ जेष्ठ २०६९, आईतवार १६:०९ मा प्रकाशित

काठमाडौ, ७ जेठ । नेपाल आदिवासी जनजाति महासङ्घले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ७२ घन्टे बन्दका सम्बन्धमा आज दिनुभएको अभिव्यक्तिप्रति नेपाल आदिवासी जनजाति महासङ्घको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले सुरक्षाकर्मीलाई आन्दोलन दमन गर्न उक्साउने अभिव्यक्ति दिएको जनाएको छ । आन्दोलनलाई बदनाम गर्ने, भ्रम सिर्जना गर्ने तथा उत्तेजना फैलाउने यस्ता अभिव्यक्ति नदिन पनि महासङ्घले सबै पक्षसँग आग्रह गरेको छ । बन्द आह्वान गर्दै विभिन्न स्थानमा पुगेका आफ्ना कार्यकर्तामाथि प्रशासनले बल प्रयोग गरी दमन गरेको आरोप पनि महासङ्घले लगाएको छ । प्रहरीले गिरफ्तार गरेका प्रदर्शनकारीहरूलाई तत्काल विना शर्त रिहा गर्न पनि महासङ्घले आग्रह गरेको छ ।
महासङ्घले प्रेस विज्ञप्तिमार्फत् प्रेस, एम्बुलेन्स, कुटनीतिक नियोग, दमकल, स्वास्थ्य सेवालगायतका गाडीमा अवरोध पु¥याउने नीति नभएकोले निर्वाध सन्चालन हुन दिन प्रदर्शनकारीहरूलाई आह्वान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ