सत्र मृत व्यक्तिको नाउँमा रकम निकासा

२९ असार २०७१, आईतवार १७:२१ मा प्रकाशित

रौतहट, २९ असार । रौतहट जिल्लाको सरमुज्वा गाविसका सचिव र प्राविधिकले १७ जना मृत व्यक्तिका नाउँमा वृद्धभत्ता रकम दुई वर्षदेखि निकासा गराई खाँदै आएको रहस्य खुलेको छ ।
आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका योजनाबारे गाविसमा दुई पक्षबीच मतभेद भएपछि यो रहस्य बाहिर आएको निवर्तमान वडाध्यक्ष ३ का उपेन्द्रदास तात्माले बताए ।
वडा नम्बर १ की बसमतिया देवी, राधिकादेवी तुरहा, हरिदयाल साह तुरहा, रमसखियादेवी तत्मिन, ३ का भोलाराय यादव, सुकदेवप्रसाद कलवार, बिसुनदयाल कलवार, ५ का योगी बैठा, लक्ष्मीनिया देवी, रधुनाथ साह, रामअशीष दास, जमदार बैठा, मिसिरिया देवी, ६ का जलसिया देवी, दुलारीदेवी साह, फुलकुमारी, रामअश्रे उपाध्याय, सुब्बा महरा चमार, ७ की जानकी देवी, हिरवा यादवनी, रामकिसुनराय यादव लगायतका १७ जनाको नाउँमा सचिव जगत साह र प्राविधिक सहायक शिवनारायण यादवले रकम निकासा गराई बाँडेर लिइआएको स्थानीय मुक्तिनारायण मिश्राले जानकारी दिए ।
गाविसका रकम विभिन्न शीर्षकमा निकासा गरिए पनि वास्तविक रुपमा खर्च नभएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दाएर गरिएको उनले बताए ।
सोही क्रममा अख्तियारका प्रहरी निरीक्षक अभिनयकुमार सिंहको नेतृत्वमा आएको टोलीले सचिवसँग खर्चको विवरण माग्दा विकास निर्माणका कुनै कागजपत्र देखाउन नसकेको र त्यस्तो विवरण पछि पेस गर्ने भनी मञ्जुरनामा पत्र बनाएको थाहाभएको छ ।
यसैगरी, जिल्लाका ९६ गाविसका सचिव र प्राविधिकले विभिन्न शीर्षकमा रकम निकासा गरी हिनामिनासमेत गरेको तथा उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रहरी नायब उपरीक्षक कृष्ण कँवरले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्