
काबुल, २९ असार । अफगानिस्तानमा तालिवानहरूका विरुद्धमा अफगान राष्ट्रिय सेना (एएनए) शनिबार बिहानदेखि आइतबार बिहानसम्म गरेको कारबाहीको क्रममा तीन अफगान सैनिक र ७७ जना तालिवान आतङ्ककारीको मृत्यु भएको छ ।
अफगान गृह मन्त्रालयले सो जानकारी दिएको छ । अफगानिस्तानको लाघमान, गजनी र हेलमान्ड प्रान्तको तालिवान प्रभावित क्षेत्रमा गरिएको कारबाहीमा ती तालिवान मारिएका हुन् ।
यस कारबाहीको क्रममा एएनएले २८ बटा सडककिनारका बमसहित अन्य हातहतियार कब्जा गरेको र सुरक्षाबलतर्फ पनि तीन सैनिकको मृत्यु भएको जनाइएको छ । हाल अफगानिस्तानमा तालिवानविरुद्ध सरकारी सुरक्षा निकायले कारबाहीलाई तीव्र बनाएका छन् ।
सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटो आबद्ध सबै देशहरूले निर्णय गरिसकेका हुनाले अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ ।
तर पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा आक्रमणलाई तीव्र पारेका छन् ।
आइतबार बिहान पनि हेलमान्ड प्रान्तमा लामो दुरीमा चल्ने एक बसमा गरिएको गोली प्रहारमा एक सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य दई घाइते भएका छन् ।
त्यैसगरी नान्र्गाहार प्रान्तमा नेटोसँग आवद्ध संयुक्त सेनालाई लक्ष्यगरी गरिएको एक आत्मघाती बम आक्रमणमा तीन नेटो सैनिक घाइते भएको जनाइएको छ ।
उनीहरूको सो आक्रामक कारबाहीलाई मध्यनजर गरी सरकारी सेना र प्रहरीले पनि कारबाही जारी राखेको छ । –सिन्ह्वा
प्रतिक्रिया
सम्बन्धित खवर
हङकङ । चीनको उच्च कानून निर्माता निकाय नेशनल पिपुल्स कांग्रेस एनपीसीले हङकङमा राष्ट्रवादीले मात्रै शासन गर्न पाउने योजना सार्वजनिक गरेको
यंगुन । म्यान्मारमा हिजो बुधवार सैनिक कू विरुद्ध प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु भएको छ । घटनालाई संयुक्त राष्ट्रसंघले सेनाले
बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।
मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त