व्यवस्थापिका–संसद्को बैठक आज पनि

७ जेष्ठ २०६९, आईतवार १०:०६ मा प्रकाशित

काठमाडौ, ७ जेठ । व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । संविधानसभा भवन नयाँवानेश्वरमा दिउँसो तीन बजेको लागि बोलाइएको बैठक एजेण्डा सार्वजनिक नगरिएको भए पनि सरकारको तर्फबाट केही विधेयक प्रस्तुत हुने संसद सचिवालय स्रोतले जनाएको छ । हिजाको व्यवस्थापिका संसदको दोस्रो बैठकले ‘नेपालको अन्तरिम संविधान २०६३ को १२ औं  संशोधन विधेयकलाई बहुमतले पारित गरेको थियो । संशोधनका लागि गरिएको मत विभाजनमा संशोधनको पक्षमा ५ सय ३३ जना सभासद्ले मतदान गरेका थिए भनसंशोधन विधेयकको विपक्षमा तीन मत परेको थियो । हाल संसद्मा ५ सय ९५ जना सभासद रहेकामा हिजोको मतदानमा ५ सय ३६ जना सभासदले भाग लिएका थिए । संविधानसभाबाट छोटो प्रक्रियाबाट संविधानको विधेयक एकमुष्टरुपमा पारित गर्न राजनीतिक दलहरूबीच सहमति भएपछि अन्तरिम संविधान संसोधन गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई कम्तीमा एक हजार दरले अक्सिजनका सिलिण्डर भरेर तयारी व्यवस्थापन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले असोज मध्येदेखि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने जनाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा

काठमाडौँ । सत्ता समीकरणका दौरानमा दुई समूहमा विभाजन भएको जनता समाजवादी पार्टी (जसपा) ले आज निर्वाचन आयोगबाट आधिकारिकता पाउँदैछ ।