बलिउड नायिका परिणिति ब्वायफ्रेन्डको खोजीमा

२९ असार २०७१, आईतवार ०९:५६ मा प्रकाशित

मुम्बई । बलिउडका विवाहित अभिनेत्रीहरू धमाधम रिलेशन तोड्न तिर लागेका बेला परिणिति चेपडाले भने आफू सिंगल रहनु पर्दाको पीडा पोखेकी छिन् ।
बब्लीगर्ल उपनामबाट परिचित परिणितिले आफ्नो चलचित्र लाइफ निकै रोमान्चित रहेपनि त्यसको तुलनामा वास्तविक जीवन त्यस्तो नरहेको बताएकी छन् । ‘मेरो उमेरका सबै साथीहरू रिलेशनसिपमा बाँधिएर खुसी र सुखी छन् । तर म भने अहिलेसम्म सिंगल बस्नु परेको छ,’ परिणितिले भनिन् ।
‘वर्ष ०१४ मेरो हो र यो वर्ष म एउटा ब्वायफ्रेन्ड खोजेरै छोड्छु,’ अभिनेत्री परिणितिले भनिन्, ‘एक्लोपनबाट म दिक्क भइसकेकी छु ।’
उमेरमै ब्वायफ्रेन्ड बनाएर जिन्दगी रोमान्चित बनाउनु पर्ने तर्क उनको छ । आफ्नो उमेर अहिले ब्वायफ्रेन्डसँग रोमान्स गर्ने भएको बताउँदै उनले ब्वायफ्रेन्ड बन्न लायक व्यक्तिले सिधै आएर आफूलाई प्रपोज गर्न सक्ने बताइन् ।
कामको सिलसिलमा केहीदिनमै थाइल्याण्ड हिड्ने तयारीमा रहेकी परिणितिको थाइल्यान्डबाट फर्कदा ब्वायफ्रेन्डका साथ फर्किने चहान छ ।
अरेन्ज म्यारिजमा विश्वास राख्ने परिणिति आफैले अहिलेसम्म सिंगल रहनुको कारणमध्य यो पनि एक भएको बताइन् । उनले भनिन्, ‘म जस्तै अन्य केही अभिनेत्री पनि अझै सिंगल छन् । तिनीहरूले पनि विवाह लाइफका बारेमा सोँचे हुन्छ ।’
भगवानले सबैका लागी एउटा जीवनसाथी जुराइ दिने बताएकी परिणिति आफ्ना लागि पनि छिट्टै जीवनसाथी पाठाइदिने विश्वस व्यक्त गरिन् ।
–एजेन्सी

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘चोली तिम्रो’ सार्वजनिक गरेका

काठमाडौं । मिस युनिवर्स प्रतियोगिताको ६९औं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै अंशिका शर्मा अमेरिका प्रस्थान गरेकी छिन् । मिस युनिवर्स प्रतियोगिताको

काठमाडौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । ८ दिनसम्म अस्पतालमा उपचार गराएपछि हाँस्य कलाकार