जातीय सङ्गठनहरुको बन्दका कारण देशभरको जनजीवन प्रभावित, अत्यवश्कीय सवारी साधनमा समेत तोडफोड

७ जेष्ठ २०६९, आईतवार १०:०३ मा प्रकाशित

काठमाडौ, ७ जेठ । पहिचान सहितको संघीयताको मागगर्दै आदिवासी जनजाति संयुक्त सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आह्वान गरेको बन्दका कारण राजधानी काठमाडौं लगायत देशभरको जनजीवन विहानैदेखि प्रभावित भएको छ । बन्दको समयमा सवारीका साधन चलाएकोभन्दै कान्तिपुर दैनिकको पत्रिका बोकेको गाडीलाई बन्दकर्ताहरुले काठमाडौंको जोरपाटीमा तोडफोड गरेका छन् । ग्वार्कोमा हिमालय टेलिभिजनका एक क्यामेरामेनको मोटरसाईकलमा आगजनी गरेका छन् । भने एभेन्यूज टेलिभिजनको गाडिमा ढुङग मुडा गरेका छन् । प्रेसका करिब दर्जन सवारी साधनमा माथि आक्रमणका साथै पत्रकारलाई दुब्र्यवहार गरेका छन् । बन्दकर्ताहरुले ग्वार्को चौकमा २ मोटरसाईकलमा  आगजनी गरेका छन् । उनीहरुले बा ३० प ३८९९ पल्सर र बा ३२ प, १९६७ नम्बरको साइन मोटरसाईकल जलाएको प्रहरीले जनाएको छ । बन्द आह्वान गर्दै हिडेका ताम्सालिङ दलका जरसिंह तामाङ, टेकबहादुर तामाङ लगायत करिब १२ जनालाई प्रहरीले बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । पहिचानसहितको सङ्घीयता, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राज्यको सबै अङ्ग र तहमा जनसङ्ख्याको आधारमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा आत्मनिर्णयको अधिकार, प्रादेशिक स्वायत्तता र स्वशासन लगाएतको मागगर्दै सङ्घर्ष समिति लगायत बिभिन्न जातीय सङ्गठनहरुले आजदेखि ९ गतेसम्म बन्दको आह्वान गरेका छन् ।
यसैवीच पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको वासा र तलसी नगरमा बन्द गराउदै हिडेका बन्दकर्ताले आज बिहान ४ बजे १० वटा सवारी साधनमा आगजनी गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै एक समूहले सवारी साधनमा आगजनी गरेका हुन् । समूहले साइकल र नम्वर नखुलेका २ ओटा मोटरसाइकल जलाइदिएको प्रहरीले जनाएको छ । यसैबीच नवलपरासीमा  संयुक्त थारु संघर्ष समितिका कार्यकर्ताहरुले नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद हरि शर्मालाई आक्रमण गरेको छ । थारुहट प्रदेशको माग गर्दै आन्दोलनमा रहेको सघर्ष समितिका कार्यकर्ताहरुले नवलपरासीको  बासा चोकमा हिजो बेलुका पत्रकार शर्मालाई आक्रमण गरेका हुन्  । पत्रकार शर्मा संयुक्त थारु संघर्ष समिति नवलपरासीले  डण्डामा आयोजना गरेको विरोध सभाको समाचार संकलन गरेर बेलुका  परासी फर्कदै हुनुहुन्थ्यो ।
त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै चितवनको माडीमा ट्रकमा तोडफोड गरिएको छ । भरतपुरवाट माडीतर्फ आउदै गरेको ना ४ ख २३८९को राजधानी एक्सप्रेस ट्रकमा आज कल्याणपुर ४ कल्याणपुरको वादरमुडेमा तोडफोड भएको छ । तोडफोडबाट ट्रकको हेडलाइट, साइडलाइटमा तोडफोड भएको छ । बन्दमा ट्रक चलाएको भन्दै आक्रोशित बन्दकर्ताले गाडीमा तोडफोड गरेका हुन । ११ प्रदेशको निर्णय खारेज गर्न माग गर्दै आदिवासी जनजाती महासंघले आज बन्द आह्वान गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप