प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

२८ असार २०७१, शनिबार ०९:३६ मा प्रकाशित

काठमाडौं, २८ असार । प्रधानमन्त्री सुशील कोइरालाले पाँचौ दिनको रेडियो थेरापी गराएका छन् ।
प्रधानमन्त्री कोइरालाको निजी सचिवालयद्वारा आज जारी विज्ञप्तिअनुसार उनको पाँचौ दिनको थेरापी सफलताका साथ सम्पन्न भएको हो । कोइरालाले दुईसाता देखि थेरापी गराउँदै आएका छन् ।
फोक्सोमा दाग देखिपछि कोइरालाले अमेरिकाको न्युयोर्कस्थित अस्पतालमा क्यान्सरको उपचार गराइ रहेका छन् । कोइरालाले छातीको एक्सरे पनि गराएका छन् ।
उपचारमा संलग्न चिकित्सक डा.कवीरनाथ योगीले प्रधानमन्त्री कोइरालाको स्वास्थ्यमा सुधार भएको जनाएका छन् । उनले अहिले सम्म कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार भएको जनाएका छन् ।
‘प्रधानमन्त्री ज्यूको स्वास्थ्यमा सुधार भएको छ,’ डा.योगीलाई उदृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री कोइराला अब एक सातापछि स्वदेश फर्कनु हुने छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा